• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

संगीताको स्वर्ण आँसु्, कुस्तीको ऐतिहासिक सफलता

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २२, २०७६, ३:३५ PM
0
संगीताको स्वर्ण आँसु्, कुस्तीको ऐतिहासिक सफलता

मंसिर २२, २०७६

जनकपुर ।  रिङमा उत्रिनेबित्तिकै नेपालकी संगीता धामीले बंगलादेशकी रिमी सरकारलाई दबाबमा राखिन् । टाउको जोडेर पाखुरा बेस्सरी कसेर उनले रिमीलाई हलचल गर्न दिइनन् । रिमीले टाउको उछिट्याउँदै संगीताको खुट्टा कस्न धेरै प्रयास गरिन् । संगीता खुट्टा पर सार्दै रिमीलाई म्याटमा पछारिन् । 

बंगलादेशीकी रिमी सरकारसँग प्रतिस्पर्धा गर्दै नेपाली संगीता धामी (माथि)। स्वर्णका साथ संगीता ।

‘नेपाल नेपाल’ हुटिङले जनकपुरको कभर्डहल गुन्जियो । धेरैबेर एउटै अवस्थामा बंगलादेश खेलाडी रिमीलाई रोकेर राखेकी धामीले चतुर्‍याइँ देखाउँदै अंक थपिन् । दर्शक उभिएर उनको हौसला बढाइरहे । पहिलो हाफमा संगीताले ३ अंक जोडिन् ।
रिमीलाई शून्यमै रोकिराखिन् । दोस्रो हाफमा दुवै खेलाडीले खेल रणनीति बदले । संगीताले रिमीलाई रोकेर राख्ने र रिमीले संगीतालाई रिङआउट गरेर अंक थप्ने रणनीति अपनाए । बंगलादेशकी खेलाडी सरकारले धामीलाई रिङआउट गरेर १ अंक थपिन् ।
पाखुरा कसिलो कसेर संगीताले रिमीलाई हलचल गर्न दिइनन् । म्याटमा लडाएर उनले करिब १ मिनेट होल्डमा राखिन् । संगीताको कसिलो काबुमा रहेकी रिमी टसमस हुन सकिनन् । यही रणनीतिमा संगीताले १३ औं दक्षिण एसियाली खेलकुदको कुस्तीमा स्वर्ण पदक जितेकी छन् । उनले जितेको यो पदक नै सागमा नेपालले जितेको कुस्तीको पहिलो स्वर्ण हो । उनले महिला ५५ केजी तौलमा उक्त पदक जितिन् ।
जितको घोषणासँगै संगीता राष्ट्रिय झन्डा बोकेर दौडिइन् । हर्षको आँसु चुहाइन् । स्वर्ण जितेपछि संगीतालाई काँधमा बोकेर कुस्ती संघका वरिष्ठ उपाध्यक्ष सलिम मियाँ अन्सारी रिङमा कुदे । संगीतालाई बधाईको ओइरो लाग्यो । उनले खुसी थाम्न सकिनन् । भक्कानिएर रुन थालिन् । ‘कुस्तीमा नेपाललाई पहिलो स्वर्ण दिलाएको छु,’ संगीताले भनिन्, ‘यो खुसीको आँसु हो । अब कुस्तीले पनि नेपाललाई चिनाउने छ ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की संगीता आमा तानादेवीसित बस्छिन् । १९ वर्षीया उनकी तीन दिदीबहिनी छन् । सानै छँदा बुबा परिवार छोडेर टाढिए । स्वर्ण जित्दा उनी बुबालाई सम्झँदै पनि भक्कानिइन् । गरिब परिवारमा हुर्केकी संगीता स्नातक अध्ययनरत छिन् । देशका लागि कुस्तीबाट पहिलो स्वर्ण दिएकामा उनी हर्षित भइन् । कुस्तीका प्रशिक्षक राजेन्द्र चन्द महिला खेलाडी खोज्न महेन्द्रनगरको धेरै स्कुल चाहारे ।
‘कुस्ती खेल्ने इच्छा हुनेहरू आऊ’ भन्दै प्रशिक्षक चन्द स्कुल–स्कुल डुले । बल्ल ३० छात्राले कुस्ती खेल्ने इच्छा देखाए । इच्छा देखाउनेमा संगीता थिइन् । समतल ठाउँमा अलि अलि माटो खनेर संगीतासहितको टोलीलाई चन्दले कुस्ती सिकाउन थाले । ‘संगीता अलि मिहिनेती र आँटिली थिइन्,’ प्रशिक्षक चन्दले भने, ‘सिकाएको कुरा टक्क टिपिहाल्ने । अभ्यासमा त्यसलाई प्रयोग गर्थिन् ।’ संगीताले स्वर्ण जित्दा प्रशिक्षक चन्द पनि कम्ता खुसी थिइनन् । ‘संगीताको मिहिनेत र लगनले देशले कुस्तीबाट पहिलो स्वर्ण पाएको छ,’ उनले भने ।
हेपिएको कुस्तीसाग टिममा छनोट भएपछि संगीताले ५ महिना हेटौंडामा प्रशिक्षण लिइन् । कुस्तीका नयाँ पैतरा सिकिन् । त्यसअघि उनी आफ्नै तरिकाले कुस्तीको अभ्यास गर्थिन् ।
कुस्तीमा नेपालको निराशाजनक प्रदर्शनले यो खेलले आफ्नै देशमा महत्त्व पाएन । मधेसको अखाडामा मेला–पर्वमा रमाइलोका लागि खेलिने कुस्तीमा राज्यको लगानी शून्य छ । खेलाडीले आफ्नै मिहिनेत र लगनले सागमा नेपाललाई पहिलो स्वर्ण जिताएको छ । कुस्तीलाई सरकारले प्राथमिकतामा नराखेको र खेलाडीलाई उतिसारो महत्त्व नदिएकोमा सागका पदकधारीहरूले खिन्नता व्यक्त गरे ।
त्यसैले त होला, स्वर्ण जितेको खुसीको क्षणमा पनि कुस्तीका प्रशिक्षक चन्दले तालिम गर्ने ठाउँसमेत नरहेको बताउनुपर्‍यो । ‘खेल हुँदा मात्रै हामीलाई सोधीखोजी गर्छन्,’ प्रशिक्षक चन्दले भने, ‘अरु बेलामतलब राख्दैनन् ।’
कुस्ती संघका वरिष्ठ उपाध्यक्ष अन्सारीले सागमा पनि कुस्ती नेपालका लागि कम प्राथमिकतामा रहे पनि पहिलो स्वर्णले यसप्रति राज्यको दृष्टिकोण फेरिने दाबी गरे ।
‘कुस्तीका खेलाडीलाई राम्रो तालिम दिन सकिएको छैन । खेल अभ्यास गर्ने ठाउँ पनि छैन,’ अन्सारीले भने, ‘पर्याप्त पूर्वाधार र तालिम नहुँदा पनि खेलाडीले देश सम्झिएर खेले र स्वर्ण जिते ।’
आठौं सागमा नेपालले कुस्तीमा ५ कांस्य र भारतको गुवाहाटीमा भएको १२ औं सागमा २ कांस्य जितेको थियो । जनकपुरमा भइरहेको साग कुस्तीमा अहिलेसम्म नेपालले १ स्वर्ण, २ रजत र ६ कांस्य जितिसकेको छ ।
‘कुस्तीमा मेडल आउँदैन भनेर हेला गरिएको थियो,’ अन्सारीले भने, ‘स्वर्ण जित्न खेलाडीलाई हामीले हौसला बढायौं । उर्जा थप्ने काम गर्‍यौं । अब हौसला र उर्जासँगै उनीहरूलाई तालिम गर्ने एकेडमी चाहिएको छ ।’ कुस्तीको एकेडेमी बनाउन सरकारलाई आग्रह गर्ने र खेलाडीलाई व्यवस्थित प्रशिक्षण दिए सागमा कुस्तीबाट थप स्वर्ण पदक दिलाउने उनको दाबी छ ।
दुई दिनमै ९ पदकसाग कुस्तीको शनिबार ७ तौल समूहमा भारतले ४ स्वर्ण, पाकिस्तानले २ स्वर्ण र २ रजत, नेपालले १ स्वर्ण, १ रजत र ३ कांस्य पदक जितेका छन् । कुस्तीमा श्रीलंकाले ३ रजत र बंगलादेशले १ रजत र १ कांस्य पदक जितेका हुन् ।
नेपालबाट महिला ५५ केजी तौलमा संगीता धामीले स्वर्ण जितिन् । अम्बिका भण्डारीले ५७ केजीबाट रजत जितिन् । पुरुषतर्फ ७० केजीबाट सुरेश यादव, ७९ केजीबाट बुन्नीलाल राजु र १ सय २५ केजीबाट राज यादवले कांस्य पदक जितेका थिए ।
भारतका लागि पुरुषतर्फ १ सय २५ केजीबाट सुमित, ९७ केजीबाट कडियन सत्यवर्ती र महिलातर्फ ५७ केजीबाट सरिता र ७६ केजीबाट गुरुचरण प्रितले स्वर्ण जिते । ७० केजीबाट पाकिस्तानका इनायत उल्हा र ७९ केजीबाट अब्दुल रेहमानले स्वर्ण जिते । पुरुषतर्फ ९७ केजीबाट पाकिस्तानका तैयब राजा र १ सय २५ केजीबाट जमन अनवरले रजत दिलाए । पुरुषतर्फ ७० केजीबाट श्रीलंकाका अनिल, ७९ केजीबाट श्रीलंकाकै चनक र महिला ७६ केजीबाट चनीले रजत जिते । बंगलादेशकी रेमी सरकारले रजत र पुरुष ९७ केजीबाट हवलदेर रसिदले १ कांस्य पदक जिते ।
जनकपुरमा जारी २० स्वर्णका भएको प्रतियोगितामा ११ स्वर्णको फैसला भएको छ । ekantipur.com

सम्बन्धित समाचार

बटेश्वर गापा अध्यक्ष महिला कब्बडी प्रतियोगितामा सुदुरपश्चिम प्रदेश विजयी
खेलकुद

बटेश्वर गापा अध्यक्ष महिला कब्बडी प्रतियोगितामा सुदुरपश्चिम प्रदेश विजयी

२०७८/०८/२५
बटेश्वरमा राष्ट्रिय महिला कब्बडी प्रतियोगिताको दोश्रो दिन ६ खेल सम्पन्न
खेलकुद

बटेश्वरमा राष्ट्रिय महिला कब्बडी प्रतियोगिताको दोश्रो दिन ६ खेल सम्पन्न

२०७८/०८/२४
१० औं वनदेवी अध्यक्ष गोल्डकप प्रतियोगिता विरगंजको हातमा
खेलकुद

१० औं वनदेवी अध्यक्ष गोल्डकप प्रतियोगिता विरगंजको हातमा

२०७८/०७/२१

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

2 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In