धनुषा,०७९ माघ १२ गते । भारतको अयोध्यामा निमार्णाधिन श्रीराम भगवानको मंदिरमा नेपालबाट देवशिला पठाउन लागेको छ । नेपालको कृष्णागण्डकी अर्थात कर्णाली नदीको तटबाट देवशिला निकालेर अयोध्या पठाउन लागेको हो । देवशिला माघ १४ गते साँझ जानकी मंदिरमा ल्याउने विश्व हिन्दु परिषद नेपालका राष्टिय सचिव रामनारायण ठाकुुरले बताउनुभयो ।
कृष्णागण्डकीबाट जानकी मंदिरमा ल्याइने देवशिलाको माघ १५ गते विहान ९ बजे जानकी मंदिरमा दर्शन पुजा र महाआरती गरि अयोध्या पठाइने विश्व हिन्दु परिषद नेपालले जनाएको छ । देवशिलाबाट अयोध्यामा श्रीराम भगवानको बालरुप रामललाको भब्य प्रतिमा स्थापना गरिने जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !