
धनुषा, ०७६ पुस १९ गते ।
धनुषाको औरही गाउँपालिकाका उपाध्यक्ष मिना देवीलाई उहाँकै श्रीमान उपेन्द्र सहनीले पुस १९ गते दिउँसो निर्घात रुपमा कुटपिट गर्नुभएको छ । गाउँपालिका उपाध्यक्षलाई आफनै श्रीमानले पटक पटक कुटपिट गर्दै शारिरिक र मानसिक रुपमा हिंसा गर्दै आएको पिडित उपाध्यक्ष मिना देवी सहनीले बताइन् ।
उपाध्यक्षलाई निर्घात रुपमा कुटपिट गर्दै हिंसा गरेको भन्दै प्रहरीले उपेन्द्र सहनीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पुस १९ गते गिरफतार गरि थुनुवा कक्षमा राखेको छ ।
औरही गाउँपालिकाका उपाध्यक्षलाई श्रीमान उपेन्द्र सहनीले निर्घात रुपमा कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय औरही र जिल्ला प्रहरी कार्यालय धनुषामा परेको उजुरीले यसअघि पनि २२ दिन थुनुवामा राखेका थिए ।
एक हप्ता अगाडि मात्रै जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट घर गएका उपेन्द्र सहनीले औरही गाउँपालिकाका उपाध्यक्ष रहेकी श्रीमती मिना देवी सहनीलाई गाली गलौज गर्दै रक्सी खाएर कुटपिट गरेका छन् ।
पटक पटक घरमा आफुलाई निकै हेला गर्दै कुटपिट गर्दै गरेकाले गर्दा बाध्यतावश प्रहरीमा उजुरी गर्नुपरेको उपाध्यक्ष मिना देवी सहनीले बताइन् । कुटपिटबाट उपाध्यक्ष सहनीको शरिरको विभिन्न भागमा चोट लागेको छ ।