
०७६ पुस २३ गते
तराई मधेश अधिकार रक्षक सँजाल (थर्ड) एलायन्सको वार्षिक समिक्षा कार्यक्रममा विनोद महरालाई सम्मान गरिएको हो । थर्ड एलायन्सका कार्यकारी निर्देशक मोहन कर्णबाट महरा सम्मानित भएको हो ।
तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) को २०१९ को समिक्षा कार्यक्रममा मानव अधिकारको क्षेत्रमा १० वर्षदेखि सक्रियतापूर्वक काम गरेको तथा थर्ड एलाइन्समा ६ महिना भित्र मानवअधिकार संरक्षण, संवर्द्वन र अनुगमन कार्यमा राम्रो दखल रहेको भन्दै थर्ड एलायन्सका कार्यकारी निर्देशक मोहन कर्णबाट महरा सम्मानित भएका हुन् ।
धुलिखेलमा आयोजना तराई मानव अधिकार रक्षक संजालले गरेको दुई दिने समिक्षा बैठकमा १९ जिल्लाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । यस भन्दा अघि इन्सेकमा १० वर्ष मानवअधिकार को क्षेत्रमा काम गरेको हो । मानवअधिकार दिवसमा पनि उल्लेखनीय योगदान गरेको भन्दै मुख्य मन्त्री बाट सम्मान पनि भएका छ्न ।