
धनुषा । ०७६ पुस २३ गते ।
जनकपुरधाम उपमहानगरापालिकाका मेयरको प्रतिक्रिया लिन उहाँकै कार्यकक्ष पुगेका पत्रकारहरुमाथि पुस २२ गते दिउँसो भएको संघातिक आक्रमणको विरुद्ध धनुषाका पत्रकारहरु आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले जिल्ला प्रशाासन कार्यालय धनुषाका सिडियो प्रदिपराज कणेललाई भेटेर ज्ञापनपत्र दिदै घटनाको छानविन गर्दै दोषीमाथि कारवााही गर्न माग गरेका छन् ।
पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै पुगेर जानकी मंदिरको विवादित फुलवारीबारे प्रतिक्रिया लिन खोजेका पत्रकारहरुमाथि संघातिक रुपमा आक्रमण भएको थियो ।
नेपाल पत्रकार महासंघ धनुषाले समाचार सम्प्रेशन गर्न पुगे पत्रकारलाई मेयर साहकै निर्देशनमा कुटपिट भएको आरोप लगाएको छ। महासंघ र संचार सम्बद्ध विभिन्न संस्थाले विज्ञप्ति जारी गरेर मेयर साहलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको हो ।
पत्रकारमाथि भएको कुटपिट तथा दुव्र्यवहारको घटना प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको पत्रकार महासंघ धनुषा शाखाले प्रेस विज्ञप्ति जारी गर्दै ५ दिनभित्र आफुहरुको माग पुरा नभए आन्दोलित हुने बताएका छन् ।
पत्रकार महासंघले धनुषाका सिडियोलाई बुझाएको ज्ञापन पत्रमा मेयरको कार्यकक्षमा मेयरकै निर्देशनमा पत्रकारहरुमाथि भएको आक्रमणमा परेर घाइते पत्रकारहरुको उपचार खर्च तथा फुटेको उपकरणको क्षतिपूर्ति दिलाउन माग गरेको महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्रद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।
दिपेन्द्रप्रसाद सिंह