
धनुषा । ०७६ पुस २४ गते
जनकपुरधाम उपमहानगरपालिका २४ बसहियास्थित दक्षिणकाली मंदिर नजिक बम राखिएको भनेर बिहीबार बिहानैदेखि बोरामा देखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । २ घण्टा लगाएर नेपाली सेनाको टोलीले गरेको डिस्पोजको क्रममा शंकास्पद देखिएको बोराभित्रमा मरेको बाख्रा पाइएको छ ।
प्रहरीको आग्रहपछि शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो । सेनाको टोलीले शंकास्पद मानिएको त्यो पोका डिस्पोज गर्दा शंकास्पद वस्तु बम भनिएको बोरामा मरेको बाख्रा पाइएको धनुषाका प्रहरी निरिक्षक अशोक झाले जानकारी दिएका छन् ।