प्रदेश २ मा भोली सार्वजनिक विदा

०७६ माघ ४ गते । जनकपुरधाम । प्रदेश २ मा भोली सार्वजनिक विदा हुने भएको छ । मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले विदा दिएको हो ।

प्रदेश सरकारले यसपाली औपचारिक कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउन लागेको छ । वीरगंजमा आयोजना हुने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ ।

धेरै पढिएको

ताजा समाचार