पर्यावरण अभियन्ताको सम्झनामा ढल्केवरमा कविगोष्ठि

धनुषा, ०७६ माघ ५ गते ।
धनुषाको मिथिला नगरपालिकामा पर्यावरण अभियन्ता ओमप्रकाश महतोको सम्झनामा कवि गोष्ठिको आयोजना गरिएको छ । मिथिला नपा ५ को श्रीपुरस्थित औरही खोलामा अवैध खोला उत्खन्नको विरोध गर्दै आएका महतोलाई क्रसर संचालकहरुले मिलेर हत्या गर्दै टिपरले किचेर पुसस २५ गते हत्या गरेका थिए ।


महतोको हत्याको बिरोधमा पिछ्डा वर्ग समाज इद्यऋ ले आइतवार यूवा अभियन्ताके जीन्दगानी खतरामा मूल नाराका साथ खुल्ला कवि गोष्ठी बहस कार्यक्रम सम्पन्न गरेको होा । पिछ्डा वर्ग समाज इद्यऋ का केन्द्रिय अध्यक्ष रामकुमार महतोको अध्यक्षतमा भएको कवि गोष्ठि कार्यक्रममा विभिन्न समाजसेबी अगुवाहरुले आफ्नो मन्तब्य राखेका थिए ।
कवि गोष्ठमा उदय राज यदुवंशी, जानकी शरण कण्ठ, मुरली प्रसाद यादब, बिजय कुमार दास, देबानन्द सिंह, जितेन्द्र सिंहलगायतका कविहरुले कबिता पाठ गरेको युवा अभियन्ता फुलगेन महतोले जानकारी दिएका छन् ।

धेरै पढिएको

ताजा समाचार