
धनुषा, ०७६ माघ ७
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले विभिन्न प्रलोभनमा पारि २७ वर्षीय विवाहित महिलालाई अवैध यौन कार्यमा लगाएको आरोपमा धनुषाको क्षिरेश्वरनाथ नपा–५ बस्ने ३५ वर्षीय अमित कुमार साहलाई गिरफतार गरेको छ । माघ ६ गते बेलुका लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीमा संचालित अमरज्योति लज एण्ड गेष्ट हाउसका संचालक सुशिल मण्डलले महिलालाई राखेर यौन कार्यमा लगाउँदै आएको सुचना पाएर होटलमा छापामारी गर्दा आपत्तिजनक अवस्थामा रहेको वेलामा अमित कुमार साह र २७ वर्षीय महिलालाई गिरफतार गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगका इन्स्पेक्टर पप्पु कुमार नायकले जानकारी दिनुभएको छ ।
२७ वर्र्षीय विवाहित श्रीमानले छोडेको उक्त महिलालाई होटलका संचालक सुशिल मण्डलले प्रलोभनमा पारेर जबर्जस्ती यौन व्यवसायमा लगाउदै आएको पिडितले प्रहरीलाई जानकारी गराएको छ । पिडितको माघ ६ गते प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । होटलमा छापामारी गरेपछि संचालक मण्डल फरार भएका छन् । फरार होटल संचालक मण्डलको खोजी कार्य भई रहेको इन्स्पेक्टर नायकले जानकारी दिनुभएको छ ।
गिरफ्तार परेका अमित कुमार साह र सुशिल मण्डलविरुद्ध प्रहरीले मानव वेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाउने जनाएको छ ।
दिपेन्द्रप्रसाद सिंह