• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

एसिड प्रहारले घाइते भएकी मुस्कान खातुनको संघर्षको कथा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ ७, २०७६, ७:३३ PM
0
एसिड प्रहारले घाइते भएकी मुस्कान खातुनको संघर्षको कथा

तेजाबले पनि जलाउन नसकेको आफ्नो मुस्कान छर्दै मुस्कानले राष्ट्रिय युवा सम्मेलनका सहभागीहरूलाई आफ्नो संघर्ष र साहसको कथा सुनाइन् :

त्यो विहान (भदौ २० गते) करिब ६ बजे म विद्यालय जाँदै थिएँ। अङ्ग्रेजी माध्यमबाट पढाई हुने भएकाले विहानै विद्यालय जानुपर्थ्याे। अरु दिन बुवाले भाइ र मलाई विद्यालयसम्म पुर्‍याइदिनु हुन्थ्यो। तर, त्यो दिन उहाँलाई सञ्चो थिएन। त्यसैले, म र भाइमात्रै विद्यालय गइरहेका थियौँ । भाइ मभन्दा पछाडि हिँड्दै थियो, म चाहिँ अलि अगाडि।

मुस्कान खातुन।

मुस्कान खातुन।

बाटोमा मलाई सधैं सताइरहने एउटा केटाले जग दिँदै भन्यो – पानी खाने हो? खाऊ! म नखाने भन्दै ऊसँग तर्किएर फटाफट अगाडि बढेँ। उसले मलाई मेरो नाम लिँदै पछाइरह्यो। म रोकिइनँ।

अलि पर पुगेपछि यसो हेरेको – उसले मेरो जीउमा त्यो जगको पानी खन्याउन खोज्दै रहेछ! मैले स्कुल ब्याग उचालेर हत्त न पत्त अनुहार छोपेँ। त्यो जगमा पानी होइन, एसिड रहेछ!

म जल्न थालेँ। लाग्यो – मलाई जीउँदै जलाइँदै ! मैले पहिले पनि एक दुई चोटि जलन सहेकी थिएँ, झुक्किएर आगो छोइपठाउँदा। तर, एसिडको जलन त आगोको भन्दा धेरै पीडादायी हुँदो रहेछ। अनुहारको दायाँ भाग, छाती र हातमा एसिड परेछ। बाटोमा हिँडिरहेका अरू विद्यार्थी साथीहरू मतिर दौडिँदै आए।

कसैले मेरो बुवाको नम्बर सोध्यो। मुश्किलले बुवाको नम्बर दिएँ। त्यसपछि म बेहोशमा भएँ। पछि थाहा पाएँ–मलाई नारायणी अस्पताल लगिएछ। होशमा आउँदा मैले आफूलाई सम्हाल्न सकिनँ। हातले अनुहार छाम्दै रोएँ। अरूले हौसला त दिन्थेँ, तर त्यसले मलाई खासै छुँदैन थियो । त्यो घडीमा मलाई केही कुराले टुट्न दिएको थिएन भने त्यो हो – परिवारको माया र सहयोग।

परिवारसँगै मुस्कान खातुन।

परिवारसँगै मुस्कान खातुन।

नारायणी अस्पतालमा प्राथमिक उपचारपछि मलाई काठमाडौंको कीर्तिपुर अस्पताल ल्याइयो । मेरो उपचार अझैं सकिएको छैन।

मलाई कतिले सोध्छन्–एसिड हान्ने केटासँग पहिले प्रेम सम्बन्ध थियो ? वा, उसले मलाई प्रेम गर्थ्याे?

मलाई एसिड हान्ने सम्साद मियाँ र हान्न लाउने माजिद आलमप्रति म प्रेम त के, कुनै भाव नै राख्दिन थिएँ। उनीहरू मलाई विद्यालय जाँदा पछ्याउँथे। म खुरूखुरू आफ्नो बाटो लाग्थेँ।

त्यो घटना हुनुभन्दा केहीअघि म उनीहरूबाट आजित भइसकेको थिएँ । मलाई उनीहरूको बारेमा आमालाई भनेँ । आमाले बुवालाई भन्नु भएछ। बुवाले उनीहरू सम्झाउनु भयो, त्यस्तो हर्कत दोहोरिए थप्पड हान्ने धम्की पनि दिनुभयो । उनीहरू केही दिन त मेरो पछि लागेनन्, तर त्यसपछि त्यही क्रम दोहोरिन थाल्यो।

होश आएको कति दिनपछि मैले ऐनामा आफ्नो अनुहार हेरेँ। मैले आफूलाई चिन्न सकिनँ। लाग्यो– म मुस्कान होइन। डाक्टर, आफन्त र साथीहरूले मलाई ढाडस दिए। धेरैले मोबाइलमार्फत् भिडियो सन्देशहरू पनि पठाए। एसिड प्रहार विरोधी अभियानकर्मी उज्ज्वल विक्रम थापाको शब्दहरूले मेरो मन छोए। उहाँ भन्नु हुन्थ्यो – तिमी कोठाभित्र लुकेर बस्यौ भने एसिड हान्नेहरूको जित हुन्छ। तिमी हार्छौँ। उनीहरूलाई जित्नु छ भने आफैंसँग लड, लुकेर नबस, बाहिर जाऊ।

मैले, उहाँको कुरालाई मनन गरेँ। र, आफ्नो अनुहारसँग तर्सेर आफूलाई कोठाभित्र कैद गर्नुभन्दा समाजमा घुलमिल हुने आँट गरेँ। यसैले, म आज तपाईंहरूसामु उभिन सकेकी छु।

म अब फेरि वैशाखदेखि विद्यालय जान चाहन्छु। नौ कक्षामै भर्ना हुन्छ । पढेर डाक्टर बन्न चाहन्छु। तर, नेपालमा मजस्ता मुस्कानहरू सुरक्षित छैनन्। मधेसमा बेटी पढाऊ, बेटी बचाऊ अभियान सुरू भएको छ। तर, विद्यालय जाने बेटीलाई सुरक्षा दिन सकिएन भने अभियानको औचित्य के?

साभार kathmandupress.com

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

10 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In