घाँटी काटेर २४ घण्टा झुण्ड्याउने साजय पाएका उमेश यादव घर फर्किदै

धनुषा, ०७६ माघ ८ गते ।
सहकर्मी हत्या आरोपमा साउदी अरेवियामा १४ वर्षदेखि जेल जीवन विताउँदै आएका धनुषाको कमला नपा ३ बस्ने ३९ वर्षीय उमेश यादव नेपाल फर्केका छन् । साउदी अरेवियामा कार्यरत कम्पनीमा संगै काम गर्ने पाकिस्तानी सहकर्मी मोहम्मद लतिफ वासिरको हत्या गरेको आरोपमा १४ वर्षदेखि विदेशी भुमिमा जेल जीवन विताउँदै आएका उमेश यादव बुधवार विहान त्रिभुवन विमान स्थलमा आइपुगेका हुन् ।
जनकपुरका सामाजिक अभियन्ता सरोज रायले जेल जीवन विताउँदै आएका उमेश यादवको जीवन बचाउको लागि अभियान चलाउँदै पिडितको घर पाकिस्तान पुग्दै पिडित परिवारलाई उमेश यादवको जीवन बचाउको लागि पहल गरेका थिए । उमेश यादवलाई मृत्युको मुखबाट बचाउको लागि सहयोग रकम समेत संकलन गरेका थिए । संकलन गरी पाकिस्तानी पिडित परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमणि समेत दिएका थिए ।
धनुषाका उमेश यादवले साउदी अरेवियामा काम गर्दै जाँदा २००६ मा सहकर्मी मो.लतिफ वासिरको हत्या गरेको आरोपमा जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा घाँटी काटेर २४ घण्टा झुन्ड्याउने सजाय सुनाएको थियो । जुवेल जेनरल कोर्टको आदेशमा उमेशलाई साउदीकै जुवेल जेलमा राखिएको थियो ।
दुईवर्ष १४ वर्षदेखि मृत्युको पर्खाइमा रहेको भन्दै उमेश यादवबारे सामाजिक संजाललगायत संचारमाध्यममा समाचार सार्वजनिक भएपछि जनकपुरका सामाजिक अभियन्ता राय अगाडी बढेका थिए ।
विदेशी भुमिमा मृत्यु दण्डको सजाय पाएर १४ वर्षदेखि जेल जीवन विताउँदै आएका उमेशलाई काठमाण्डौस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सामाजिक अभियन्ता सरोज रायले स्वागत गरेका छन् । उमेश यादवलाई स्वागत गर्दै सरोज रायले भने ‘ जुन उद्देश्यले हामी २ वर्षदेखि निरन्तर अभियानमा लागेका थियौं, उमेश नेपाल आइपुगेका छन् । उमेशलाई हार्दिक स्वागत छ नेपालमा’ उमेशले पनि आफुलाई जीवन रक्षा गरिदिएकोमा अयिभन्ता राय, पाकिस्तानी मृतक परिवार र सम्पूर्ण सहयोगीप्रति अभार प्रकट गरेका छन् ।

धेरै पढिएको

ताजा समाचार