
धनुषा, ०७६ माघ ८ गते ।
धनुषामा सार्वजानिक यातायातमा यात्रा गर्ने विद्यार्थीहरुलाई छुट नदिएको भन्दै जनमत विद्यार्थी संघ धनुषाले धनुषाका सिडियो प्रदिपराज कणेललाई ज्ञापन पत्र दिदै ध्यानाकर्षण गराएका छन् । जनमत विद्यार्थी संघका केन्द्रिय सदस्य तथा धनुषाको संयोजक नवीन पण्डितको नेतृत्वमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई ज्ञापन बुझाउँदै सार्वजानिक यातायातमा यात्रा गर्दा नेपाल सरकारले नै दिने भनिएको छुट नदिएकाले विद्यार्थीहरु मार्कामा परेकाले सिडियोलाई ध्यानाकर्षण गराइएको हो ।
विद्यार्थीहरुले बुझाएको ज्ञापन पत्रमा विद्यार्थीलाई सहुलियत उपलब्ध गराउनुपन, विद्यार्थीहरुमाथि सार्वजानिक यातायातमा यात्रा गर्दा हुदै आएको अपमान, गाली बेइज्जतिलाई नियन्त्रण गर्नुको साथै सार्वजानिक यातायातमा बज्ने गरेको अश्लिल गीतसंगितमाथि नियन्त्रण गर्न समेत ध्यानाकर्षण गराइएको हो
ध्यानाकर्षण गराउँदै विद्यार्थी संघका संयोजक पण्डितले भने–‘पहिलो चरणमा हामीले ध्यानाकर्षण गराएका र्हौ, यस विषयमा सिडियो प्रदिपराज कणेलले समेत सकारात्मक रुपमा यातायात व्यवसायीहरुलाई राखेर समस्या समाधान गराउने आश्वासन दिएको बताएका छन् ।