• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

कडा सुरक्षाकाविच शान्तिपूर्ण तरिकाले प्रदेश २ मा राष्ट्रियसभाको मतदान हुदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ ९, २०७६, १२:१५ PM
0
कडा सुरक्षाकाविच शान्तिपूर्ण तरिकाले प्रदेश २ मा राष्ट्रियसभाको मतदान हुदै

धनुषा, ०७६ माघ ९ गते ।
प्रदेश २ मा रिक्त ४ सिटका लागि राष्ट्रियसभा निर्वाचनको क्रममा कडा सुरक्षाका विच शान्तिपूर्ण रुपमा मतदान जनकपुरधाम स्थित सुरु भएको छ । निधार्रित समय १० बजेदेखि जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडी रहेको महेन्द्रनारायाण निधि सांस्कृतिक केन्द्रमा मतदान सुरु भएको मतदान अधिकृत डा. शम्भु साहले जानकारी दिनुभएको छ ।


मतदानस्थलको चारैतिर सुरक्षा व्यवस्था कडा बनाइएको छ । मतदान केन्द्र भित्र संचारकर्मीलगायत मतदाताहरुलाई समेत मोवाइल लैजान निषेध गरिएको छ । प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनका १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा ३ सय ७९ मतदाता छन् । प्रदेश २ मा नेकपा र राजपाविच गठबन्धन गरिएको छ । नेकपा र राजपाको गठबन्धनमा १ सय ९४ मतदाता रहेको छ । नेपाली काग्रेस र समाजवादीविच गठनबन्धन रहेको छ । नेपाली काग्रेस र समाजवादीको गठबन्धनअनुसार प्रदेश २ मा जम्मा मतदाता १ सय ८४ रहेका छन् भने एक जना स्वतन्त्र रहेका छन् ।


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैभन्दा पहिले मतदान गरेका छन् । आठवटै जिल्लाका मतदाता प्रदेश सांसद, स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख मतदान स्थलमा आइपुगेका छन् ।
प्रदेश नंं.२ मा राष्ट्रिय सभाको चार सदस्यका लागि जारी निर्वाचनमा ८ जनाले उम्मेदवारी दिएका छन् ।


नेकपा र राजपाको गठबन्धनबाट महिला एकपदमा नेकपाको तर्फबाट तुलसा कुमारी दाहाल, दलित पदमा नेकपाको तर्फबाट राधेश्याम पासवान, अल्पसंख्यक पदबाट राजपाबाट शेखरकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा रहेका छन् ।


नेपाली काँग्रेस र समाजवादीको गठबन्धनको तर्फबाट नगिना यादव, दलित पदमा समाजवादी पार्टीको तर्फबाट रामपृत पासवान, अल्पसंख्यक पदबाट नेपाली कांग्रेसबाट भोला पञ्जियार र खुल्लाबाट अनिरुद्धकुमार सिंह चुनावी मैदानमा रहेका छन् । मतदान बेलुका ४ बजेसम्म हुने मतदान अधिकृत डा.शम्भु साहले जानकारी दिनुभयो । मतदान सम्पन्न भएलगतै मतगणना गरिने उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

3 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In