बहुविवाह मुद्दाका फरार आरोपित गिरफतार

धनुषा, ०७६ माघ ९ गते ।
बहुविवाह मुद्दाका आरोपित ४० वर्षीय मो अन्जारुल हकलाई प्रहरीले गिरफतार गरेको छ । क्षिरेश्वरनाथ नपा ४ बस्ने अन्जारुल हकले बहुविवाह गरेको भनि जिल्ला अदालत धनुषामा मुद्दा दायर भएको छ ।
जिल्ला अदालत धनुषामा मुद्दा परेपछि लुकिछिपी बस्दै आएका हकलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले कभर्ट अप्रेशन गरि बुधवार उनलाई महेन्द्रनगरबाट गिरफतार गरि अदालतमा पेश गरेका छन् ।
बहुविवाह मुद्दामा अपराधी ठहर भएका हक केही समयदेखि फरार रहेका थिए । हक फैसला कार्यान्वयन गर्ने शिलशिलामा फरार भएकोमा उनलाई पुनः गिरफतार गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पुकुमार नायकले जानकारी दिनुभएको हो ।

धेरै पढिएको

ताजा समाचार