
धनुषा, ०७६ माघ ९ गते ।
पुस २२ गतेदेखि आन्दोलित जनकपुरका पत्रकारहरु माघ ९ गते जनकपुरमा जारी राष्ट्रियसभा निर्वाचनको क्रममा कालोपटटी बाँधेरै सामाचार संकलन गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकामा पुस २२ गते पत्रकारहरुमाथि कुटपिट भएको विरोधमा जनकपुरका पत्रकार आन्दोलित भएका हुन् । आन्दोलन स्वरुप नेपाल पत्रकार महासंघले संघर्ष समिती गठन गरेको छ ।
जनकपुरधाममा जारी राष्ट्रियसभाको निर्वाचनको समाचार संकलनको क्रममा समेत पत्रकारहरुले कालोपट्टी बाँधेका थिए । नेपाल पत्रकार महासंघ धनुषा शाखाले गठन गरेको संघर्ष समितिले पत्रकारहरुलाई कुटपीट गर्ने दोषीहरुमाथि कारबाही नभएको भन्दै गत माघ ७ गतेदेखि नै कालोपट्टी बाँधेर बिरोध जनाउँदै आईरहेका छन् ।