
धनुषा, ०७६ माघ ९ गते ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नं. २ को तर्फबाट दलित कोटाबाट नेकपाको उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन् ।
प्रदेश नं. २ को लागि दलित एक पदका लागि भएको चुनावमा नेकपा–राजपाको गठबन्धनको तर्फबाट नेकपाबाट राधेश्याम पासवान ६३६ मतभारको अन्तरले विजय भएका छन् । नेपाली काग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट रामपृत पासवान पराजित भएका छन् ।
उनले कूल ५२९२ मतभार हाँसिल गरेका छन् भने समाजवादीका रामपृत पासवान भने ४६५६ मत प्राप्त गरी पराजित भएका हुन् । यसअघि पनि नेकपाकै तर्फबाट तुलसा दाहाल विजयी प्रारम्भ गरेकी हुन् ।