कोरोना भाईरसबाट ५६ जनाको मृत्यु

२०७६, माघ १२

वुहानसहित खुबे प्रान्तको धेरैजसो इलाकामा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ५६ को मृत्यु र १ हजार ९ सय ७५ जना यसबाट संक्रमित रहेको स्वास्थ्यकर्मीहरूले पुष्टि गरेका छन्।

भाइरसको चपेटामा आएको वुहान सहरमा १ हजार बेडको एक अस्पताल निर्माण भइरहेको छ। यो भाइरस अब युरोपसम्म पैmलिसकेको समाचार आइरहेको छ। फ्रान्समा यो भाइरसबाट तीनजना र नेपालमा समेत एक जना संक्रमित भएको पुष्टि भइसकेको छ।

खुबे प्रान्तमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। यसले गर्दा १० शहरमा कम्तिमा २ करोड नागरिक प्रभावित भएका छन्। नोवल कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले चीनमा आपत्कालीन स्थितिको घोषणा गरेको छ।

सरकार र स्थानीय निकायले नागरिकलाई हरेक घण्टा हात धुन र बाहिर खाना नखान सुझाव दिएका छन्। नागरिक तथा छात्रछात्रालाई मास्क लगाउन आदेश दिएको छ। वुहान शहरको बजार र सडक सुनसान छ। चिनियाँ नयाँ वर्ष र भाइरसका कारण मेट्रो पनि बन्द छ। रेल सेवा र उडान पनि रद्द गरिएका छन्।

धेरै पढिएको

ताजा समाचार