१ वर्षे छोराकी आमालाई हत्या आरोपमा ४ जना गिरफतार

धनुषा, ०७६ माघ २० गते
धनुषाको औरही नपा २ बस्ने २२ वर्षीय श्रीमती चिन्तामणी कुमारी पासवानलाई हत्या गरेको आरोपमा धनुषा प्रहरीले ४ जनालाई गिरफतार गरि माघ २० गते पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । माघ १८ गते साँझ ७ बजे मोवाइल मेमोरी कार्डको लागि भएको घरायसी विवादको क्रममा पत्नी चिन्तामण्ी कुमारी पासवानलाई कुटपिट गर्दै हत्या गरेको आरोपमा ३० वर्षीय पति अनिल कुमार पासवान, ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान, ४५ वर्षीय सासु कुमला देवी पासवान र २० वर्षीय नन्दो पुनिता पासवानलाई प्रहरीले गिरफतार गरि सार्वजानिक गरेको हो ।


माघ १८ गते साँझ ७ बजे निर्घात रुपमा कुटपिट गर्दै घाँटी थिची हत्या गरेर मृतक पासो लागेर मरेको भन्दै अटो रिक्सामा राखेर प्रादेशिक अस्पताल जनकपुरमा उपचारको लागि इमरजेन्सी वाडमा भर्ना गरेका थिए । अस्पतालमा चिन्तामणीलाई राखेर फरार भएकी सासु कुमला देवी र नन्दो पुनिता पासवानलाई प्रहरीले जनकपुरधाम–४ पेठीया बजारबाट माघ १९ गते साँझ ५ बजे गिरफतार गरेको थियो । घटनापछि फरार रहेका मृतकका पति अनिल पासवान र राधा पासवानलाई धनुषा प्रहरीले खोजी गर्दै जाँदा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं.२ बलहा टोलमा लुकिछिपी बस्दै गरेको अवस्थामा गिरफतार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश कुमार बस्नेतले जानकारी दिनुभएको हो ।
सिरहा जिल्ला विष्णुपुर गापा ५ लक्ष्मीपुर माइत भएकी चिन्ताले माघ १८ गते साँझ ७ बजे वुवा दुखी पासवानलाई फोन गरेर आफुमाथि पति अनिल पासमान र सासु कुमला देवी पासवानलगायतले कुटपिट गर्दै आएकोले आफु माइत आउन चाहेको बताएकी थिइन् । छोरीलाई सम्झाउँदै आफु भोली घरमै लिन आउँछु भनेको थिए तर केही समयपछि उनको पतिले हत्या गरेको खवर पाएपछि आफुहरु राति १० बजे औरहीको देउरी परवाहा पुग्दा छोरीको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको पिडित वुवा दुखी पासवानले बताउनुभयो ।
चिन्ताको दुवै तिघ्रामा कालो निलो दाम परेको छ, गाला, गर्दनमा समेत कालो निलो दाम परेको छ । पछाडिबाट गर्दन थिचेर हत्या गरेको पिडित वुवा दुखी पासवानको आरोप छ । मृतक चिन्ताको एक वर्षका छोरा दिपेश पासवान रहेको छ । प्रहरीले शव जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरमा माघ २० गते पोस्र्टमार्टम गरेको छ । मृतकको एक वर्षे छोरा दिपेश पासवान रहेको छ । उनलाई हजुरवुवा दुखी पासवानले हेरचाह र पालनपोषणको लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट बुझनुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार