• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
माघ २८, २०७६, ११:५९ AM
0
पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र

दैलेख, माघ २७ गते । पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । अहिले ‘कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ’ भनेर जमिनभित्रको अवस्था पत्ता लगाउने महत्वपूर्ण भौगर्भिक (सेस्मिक) सर्भेको काम जारी रहेको छ । सर्भेको ८० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।

तत्कालीन उद्योगमन्त्री मातृका यादवले दैलेखको नाभीस्थानबाट अन्वेषण कार्यको औपचारिक शुभारम्भ गर्नुभएको थियो । यहाँको पूर्वपश्चिम र उत्तरदक्षिणका विभिन्न भू–भागमा करीब २०० किलोमिटर क्षेत्र समेटेर १० स्थानमा शुरु गरिएको सर्भेका सात स्थानको काम सम्पन्न भइसकेको छ ।

करीब ४५ फिट मुनिसम्म खनिएको होलमा विस्फोटक पदार्थ राखेर कृत्रिम भूकम्पीय तरङ्ग उत्पन्न गरिएको र सोबाट प्राप्त भएको सबै सूचना सङ्कलन गर्ने कार्य सेस्मिक मिटरमा भइसकेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिनुभएको छ ।

सर्भे सकिएपछि यसको अध्ययनका लागि तीन महिनाको समय लाग्ने छ । सो अवधिपछि धेरै सम्भावना भएको मुख्य भण्डारणको क्षेत्रमा पुनः करीब चार किलोमिटर जमिनमुनिको भू–भागमा मुख्य ड्रिलिङ गरिने र त्यसपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुरा पत्ता लाग्ने उहाँले जानकारी दिनुभयो ।

एउटा लाइनमा ४०० वर्गकिमी भूभाग समेटेर सर्भेको काम भइरहेको छ । दैलेखको पश्चिम भूभागमा गरिएको सेस्मिक सर्भेका लागि दुल्लु नगरपालिकामा क्याप निर्माण गरेर विज्ञहरुको समूह बसेका छन् । यस कार्यलाई यहाँका जनता र जनप्रतिनिधिले स्वागत गरेको छन् । सांसद रवीन्द्रराज शर्माले अन्वषेण कार्यले समृद्ध नेपाल बनाउने प्रधानमन्त्रीको लक्ष्यलाई सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

अन्वेषणको प्रक्रिया शुरु हुँदै गर्दा चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएकाले दैलेखको भूभागमा ग्याँस र पेट्रोलियम पदार्थ दुवै हुनसक्ने सम्भावना बढ्दै गएको छ । अन्वेषणकार्य सफल भए वर्तमान सरकारले शुरु गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पना पूरा हुने आशा गरिएको छ ।

विदेशका अन्य भूभागमा गरिएका सर्भेलाई आधार मान्ने हो भने छिद्र देखिएका स्थान र ग्याँस निस्किएका स्थानकै आसपासमा भण्डारण भेटिएकाले दैलेखको भूभागमा पनि भण्डारणको सम्भावना भएको अन्वेषण अधिकृत डा त्रिपाठीले बताउनुभयो । दैलेखका धेरै स्थानमा जमिनमुनिबाट छिद्रका रुपमा हजारौँ स्थानमा पानीभित्र फोकाहरु भुलभुल गरेर आएको देखिन्छ । कतिपय स्थानमा ग्याँस नै बलेको अवस्थामा देखिएको छ । यसको विश्लेषण गर्ने हो भने पनि दैलेखको कुनै भूभागमा भण्डारण हुनसक्ने विज्ञहरुको भनाइ छ ।

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

10 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

10 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

4 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In