सिरहा प्रहरीले एकैदिन रोक्यो ३ बालविवाह जोडी

धनुषा, ०७६ माघ २८ गते ।

सिरहा प्रहरीले एकैदिन तीन बालविवाह जोडी रोकेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले सिरहाको कर्जन्हा नरपालिका–६ वेतहाका रिझन मुखियाकी १५ वर्षिय छोरी रन्जुको विवाह रोकिएको हो । उनको विवाह यदुकुहा नगरपालिका सिमराढी, धनुषाका अजय मुखियासँग हुन लागेको थियो ।

विवाहका तयारी भइरहेको अवस्थामा मिर्चैया नगरपालिका–५ का बोहरा मण्डलको छोरीको विवाह पनि रोकिएको छ । विशेष सूचनाको आधारमा प्रहरी मण्डलको घर पुगेपछि उनको छोरीको उमेर नपुगेकाले विवाह रोकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए ।प्रहरीले उनीहरुको अभिभावलाई बालविवाह कानुनिरुपमा अपराध भएको र बालविवाह गराए कानुनी कारबाही हुने बताएपछि बालविवाह नगर्ने नगराउने विषयमा सहमत भएको प्रहरी नायव उपरीक्षक जयसवारको भनाइ छ ।

प्रहरीले कार्यालयमै अभिभावकलाई बोलाई उनिहरुलाई अव उपरान्त बालविवाह नगर्ने नगराउने विषयमा सहमती पश्चात आवश्यक प्रकृया पुर्याएर घर पठाइएको डिएसपी जयसवारले बताए ।नेपालको कानुनले २० वर्षभन्दा पहिला विवाह गर्न बन्देज गरेको भएपनि तराईमा अझै बालविवाह हुँदै आएको छ । बालविवाहविरुद्ध जनचेतना फैलाउँदै आएका दलित विकास मञ्च, कल्याणपुरका कार्यक्रम संयोजक सरिता महराले तराईमा व्यवहारमै बालविवाह रोक्न अझै कठिन रहेको जानकारी दिएका छन् ।

उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाईने, केटा पाईहालेपनि धेरै दहेजदिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह हुनेगरेको महराले बताए । । उनले भने, ‘हामीले पछिल्लो केही वर्षदेखि गाउँगाउँ, विद्यालयहरुमा पुगेर बालविवाहबाट हुने असर, त्यसले महिलामा पुग्ने कुप्रभावका विषयमा अभिभावक र बाल बालिकाहरुविच सचेतिकरणका कारण बालविवाहमा न्यूनिकरण आएपनि अझै समाप्त हुन सकेको छैन ।’

रन्जुकी आमा सुनितादेवी मुखियाले आफूहरुलाई छोरीको विवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएको सुनाए । उनले भने, ‘हामीलाई विवाहको लागि २० वर्ष पुग्नुपर्छ भन्ने थाहा थिएन, राम्रो घर पाएको र दहेजपनि नलिने भएपछि छोरीको विवाह गर्न लागेका थियौं ।’

धेरै पढिएको

ताजा समाचार