• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

आजदेखि सबै क्याम्पस स्ववियुविहीन चाँडै निर्वाचन हुने : उपकुलपति

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
फाल्गुन १३, २०७६, ७:३० AM
0
आजदेखि सबै क्याम्पस स्ववियुविहीन चाँडै निर्वाचन हुने : उपकुलपति

काठमााण्डौ, ०७६ फागुन १३ गते

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आजबाट खाली भएका छन्। यसअघि त्रिविले विसं २०७३ फागुन १८ गते २६ आंगिक र करिब २ सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गरेको थियो। २०७५ साल फागुन १४ गते स्ववियुको दुईवर्षे कार्यकाल सकिएपछि त्रिवि कार्यकारी परिषद्ले ६–६ महिना गरी दुईपटकको कार्यकाल थप गर्ने निर्णय गरेको थियो। सो निर्णय आज मंगलबारसम्म मात्र कार्यान्वयन हुनेछ।

थप गरिएको एकवर्षे कार्यकाल सकिएलगत्तै त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ६२ सम्बन्धन क्याम्पस स्ववियुविहीन भएका छन्।यसअघि २०६५ साल चैत ६ गते सम्पन्न निर्वाचनको म्याद सकिएको करिब ७ वर्ष पुगेको छ। त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले गतवर्ष सर्वोच्च अदालतले स्ववियुको म्याद ६–६ महिना गरी दुई पटकसम्म मात्र थप्न पाउने आदेश गर्दै क्याम्पसमा आवधिक चुनाव गर्न भनेपछि अब पुनः म्याद थप गर्ने बाटो बन्द भएको जानकारी दिनुभयो।केही दिनमा नयाँ रेक्टर नियुक्ति हुने र त्रिविले सर्वपक्षीय छलफल गरेर सकेसम्म यही वर्ष सम्पन्न गर्ने गरी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी भइरहेको उहाँका जानकारी दिनुभयो।

निर्वाचनको संयोजक रेक्टर रहने व्यवस्थाअनुसार उपकुलपति प्राडा बास्कोटाले त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँंग रेक्टर नियुक्तिको विषयमा छलफल गरिरहनुभएको छ। उपकुलपति प्राडा बास्कोटाले भन्नुभयो– ‘रेक्टर नियुक्तिसंँगै यो वर्ष नै निर्वाचन गर्नेछौं। नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले रेक्टर नियुक्ति नभई निर्वाचन हुनै नदिने अडान राखेको छ। ’त्रिवि कार्यकारी परिषद्को बैठकले भोलि फागुन १४ गते निर्वाचन गर्ने निर्णय गरेको थियो। नेपाल विद्यार्थी संघले रेक्टर नियुक्ति भएपछि मात्र निर्वाचन गर्न अडान राखेपछि करिब डेढ साताअघि निर्वाचन स्थगित भएको हो। त्रिविले ११ वर्ष अघिदेखि हुन नसकेको ६२ आंगिक र १ हजार ६२ सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने गरी तयारी गरेको थियो। त्रिविले त्यस बेला त्रिविले पहिलोपटक २८ वर्ष उमेरहद कायम गरी निर्वाचन गरेको थियो। सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको निर्वाचन एकैपटक गर्ने गरी तयार भइरहेको त्रिविले जनाएको छ।

दुई ठूला विद्यार्थी संगठन अनेरास्ववियु र नेविसंघले क्याम्पसमा खबरदारी गर्ने बलियो र एकमात्र निकाय स्ववियुको निर्वाचन तत्काल गर्न दबाब दिने जनाएका छन्। अनेरास्ववियुका संयोजक ऐन महरले स्ववियुविहीन भएपछि विद्यार्थीको गतिविधि ठप्प हुने भएकोले तत्काल निर्वाचनको मिति तय गर्न त्रिविलाई दबाव दिने तयारी गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– चैतभित्र निर्वाचन गर्नेगरी त्रिविले तालिका सार्वजनिक गर्नुपर्छ। नेविसंघका अध्यक्ष राजीव ढुंगानाले तत्काल रेक्टर नियुक्ति गरी निर्वाचनको मिति सार्वजनिक गर्न दवाव दिनुको विकल्प नभएको बताउनुभयो।

उहाले भन्नुभयो–त्रिविले निर्वाचन घोषणा गर्नुको विकल्प छैन, त्यसको लागि नेविसंघ सहयोग गर्न तयार छ।त्रिवि विद्यार्थी तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगरले निर्वाचनका लागि निर्देशनालयले संयोजन गरिरहेको जानकारी दिनुभयो। प्रत्येक दुई वर्षमा हुनुपर्ने निर्वाचन विद्यार्थी संगठनहरूको विवादकै कारण लगातार स्थगित भएको छ।

साभार : नेपाल समाचार

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

9 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In