
महोत्तरी, ०७६ फागुन २० गते ।
महोत्तरीको भङ्गाहा नगरपालिका–३ मा २१ वर्षीया विवाहित कञ्चन झाको शव शंकास्पद अवस्थामा फेला परेको छ । राकेश झाँकी पत्नी कञ्चन झा मंगलबार आफ्नै घरमा घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गरि रहेको छ । शवको पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।