धनुषा प्रहरीद्वारा २२ वटा मदिरा भट्टि नष्ट

धनुषा, ०७६ चैत्र ३ गते । अवैध घरेलु विषाक्त मदिराबाट धनुषामा आठ जनाभन्दा बढीको मृत्यु भएपछि धनुषा प्रहरीले अवैध मदिरा उत्पादन बन्द तथा नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालयहरुको सहकार्यमा धनुषा जिल्लाको बिभिन्न ठाउँहरुमा भएको अवैध मदिरा उत्पादन गर्ने भट्टीहरुमा १२ घण्टासम्म छापामारी गरेर मदिरा तथा कच्चा पदाथसहित साढे १० हजार लिटर मदिरा नष्ट गरेको हो ।

प्रहरीले जिल्लामा रहेको २२ वटा मदिरा भीट्ट नष्ट गर्नुका साथै त्यसमा उत्पादन भएको दुई हजार तीन सय ८४ लिटर अवैध मदिरा नष्ट गरेको छ ।

यसैगरी आठ हजार दुई सय ३२ लिटर मदिरा बनाउने कच्चा पदार्थ पनि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

यसैगरी प्रहरीले मदिरा उत्पादन गर्ने चार थान साना मेशिन, एक सय ५२ थान प्लाष्टिकको भाडावर्तन नष्ट गरेको छ भने एक सय ४४ थान स्टिल, तामा, अटमुनीयम तथा पित्तलसहितका भाडावर्तनहरु नियन्त्रणमा लिएको छ ।

धनुषामा अवैध घरेलु विषाक्त मदिरा सेवनका कारणले धनुषाको क्षिरेश्वर नगरपालिका वडा नंं २ रमदैयामा मात्र आठ जनाको मृत्यु भएपछि प्रहरीले अवैध मदिरा नियन्त्रण अभियान जारी राखेको छ ।

धेरै पढिएको

ताजा समाचार