सांसद महतो पिडितको घरदैलोमै पुगेर गरे


धनुषा, ०७६ चैत्र ४ गते ।
नेकपाका प्रदेश सासंद रहनुभएका पूर्वमन्त्रि शत्रुधन महतोले विषाद मदिरा सेवनले मृत्युवरण गरेका परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । मंगलवार विहान धनुषाको क्षिरेश्वरनाथ नपा १ र २ पुगेर अनुगमन गर्दै मृतक १४ मृतक परिवारलाई १०÷१० हजारको दरले सहयोग गर्नुभएको छ । सांसद महतोले आफनो निर्वाचन क्षेत्रका एउटै वस्तीका १४ जना नागरिक अवैध घरेलु मदिरा सेवनले मृत्युवरण गर्नु परेको दुःखद घटनाप्रति शोक व्यक्त गर्दै तत्कालै आफनो व्यक्तिगत तर्फबाट सहयोग गर्नुभएको हो । सांसद महतोले प्रदेश सरकारबाट प्रति मृतक परिवारलाई ५ लाखको दरले राहत प्रदान गर्न प्रदेशसभाको बैठकमा समेत माग गर्नुभएको छ ।

धेरै पढिएको

ताजा समाचार