
एजेन्सी, ०७६ चैत्र ९ गते ।
नयाँ दिल्ली– गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भारतका २० राज्यमा देखिएको छ।
पछिल्लो पटक गुजरात राज्यमा संक्रमण भेटिएपछि भारतमा संक्रमित राज्यको संख्या २० पुगेको हो।
बीबीसीका अनुसार भारतमा एक सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये चार जनाको मृत्यु भएको छ। भारतमा दिल्ली, कर्नाटक, महाराष्ट्र र पन्जाब राज्यमा कोरोना संक्रमितको ज्यान गएको छ। यस्तै, २० जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा संक्रमित देखिएका छन्। बीबीसीका अनुसार महाराष्ट्रमा ४४ जनामा संक्रमण पुष्टि भएको छ।
कुन राज्यमा कति ?
राज्य संक्रमित मृत्यु
आन्द्र प्रदेश २ –
छत्तीसगढ १ –
दिल्ली १७ १
गुजरात २ –
हरियाना १७ –
कर्नाटक १५ १
केरला २८ –
महाराष्ट्र ४७ १
ओडिसा १ –
पुडुचेरी १ –
पन्जाब २ १
राजस्थान ७ –
तमिलनाडु ३ –
तेलंगाना १६ –
युनियन टेरिटोरी अफ छत्तीसगढ १ –
युनियन टेरिटोरी अफ जम्मु–कश्मिर ४ –
युनियन टेरिटोरी अफ लद्दाख १० –
उत्तर प्रदेश १९ –
उत्तराखन्ड १ –
वेस्ट बंगाल १ –
स्रोत : बीबीसी