सप्तरी, ०७६ चैत १३ गते । सरकारले लागू गरेको लकडाउनलाई प्रदेश नं. को सप्तरीमा विशेष रुपले लागू गरिएको देखिएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ स्थित बेलहामा एक गाउँबाट अर्को गाउँ प्रवेश मा ढाँट लगाएर गाउँलाई लकडाउन गरिएको छ ।
कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमणको जोखिमबाट जोगिन सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ स्थित बेलहामा एक गाउँबाट अर्को गाउँ प्रवेशमा रोक लगाएको हो ।
नेपाल सरकारको आदेश अनुरुप ‘लकडाउन’ गरेपछि एक गाउँबाट अर्को गाउँ प्रवेशमा स्थानीय युवाले रोक लगाइएको हो । मङ्गलबार बिहान ६ बजेदेखी सप्तरी सहित देशभर ‘लकडाउन’ नेपाल सरकारले लगाएको थियो ।
कोरोना भाइरस आफ्नो गाउँभरी नफैलियोस भन्ने उनीहरु एक गाउँबाट अर्को गाउँ आउन जान रोक लगाइएको जनाएको छ।