प्रदेश २ सरकारले खाना खुवाउन १८ करोड गरे निकासा

धनुषा, ०७६ चैत १६ गते ।
प्रदेश २ सरकारले प्रदेश २ का गरिव, विपन्न र मजदुर परिवारलाई खाना खुवाउने निर्णय गर्दैै त्यसका लागि आवश्यक पर्ने १८ करोड रकम स्थानिय तहमा चैत १६ गते निकासा गरेका छन् ।
चैत १६ गते प्रदेश २ सरकारको बसेको मन्त्रिपरिषदको निर्णयबाट स्थानिय सरकारसंग मिलेर प्रदेश २ मा लकडाउनका वेलामा आर्थिक मारमा परेर खाद्यान्न समस्या भई खाना खान नसकेकाहरुका लागि १८ करोड रुपैया स्थानिय तहलाई तत्कालै निकासा गर्ने निर्णय गरेको थियो ।


प्रदेश २ सरकारले विपक्षी दलहरुसंग समेत संयुक्त बैठक गरि आर्थिक मामिला तथा योजना मन्त्रालयवाट विशेष निर्देशिका जारी गरेका छन् । प्रदेश २ बाट आइतवार नै १८ करोड निकासा हुनेछ । प्रदेश २ का महानगरपालिकालाई २५ लाख, उपमहानगरलाई २०, नगरपालिकालाई १५ र गाँउपालिकालाई १० लाखको दरले रुपैया दिनेछ ।


स्थानिय तहहरुले यो रकम आ आफनो स्थानिय तहको गरिव विपन्न र दैनिक ज्यालादारीमा काम गर्नेहरुको खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु आपुर्तीका लागि खर्च गर्नुपर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।


साथै भारत तथा विदेशवाट आएकाहरुको पहिचान गरि क्वारेन्टाइन निर्माण, शंकाष्पद तथा संक्रमितको उपचार तथा रेखदेखका लागि समेत प्रदेश सरकार खर्च गर्न सहयोग गर्ने प्रदेश सरकारले जनाएको छ ।


प्रदेश २ सरकार कोरोना रोकथामका लागि खडा गरेको २५ करोडको राहत कोषको खाता समेत आइतवारदेखि नै प्रभु बैंकमा सञ्चान गर्ने तयारी थालिएको छ । आइतवार विपक्षीदलका समेत नेताहरुलाई बोलाएर खाता सञ्चालनको सम्बन्धमा सहमती जुटाइएको आन्तरिक मामिला तथा कानुनमन्त्रि ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।


धेरै पढिएको

ताजा समाचार