चैत २८ र २९ गते उपत्यका बाहिर जान दिने सरकारको घोषणा

काठमाडौं, ०७६ चैत २७ गते ।
चैत ११ गतेदेखि नेपाल सरकारले एकाएक गरेको लकडाउनका कारण विभिन्न काम विशेषले काठमाडौंमा आई रोकिएकाहरुमध्ये घर जान चाहनेलाई जान दिइने निर्णय गरेको छ ।

भोलि चैत २८ र पर्सि चैत २९ गते काठमाण्डौं उपत्यका बाहिर जान दिइने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।


लकडाउन लम्बिएपछि काठमाण्डौंबाट मानिसहरु हिडेरै लामो दुरी जान लागेपछि सरकारले यस्तो निर्णय गरेका हुन् । सरकारले यस्तो निर्णय गरेपनि सार्वजानिक यातायातका सवारीसाधन चल्ने वा आफनो निजी सवारीसाधनमा जान सक्ने बारेमा सरकारले प्रष्ट गरेको छैन् ।

धेरै पढिएको

ताजा समाचार