असिना पीडितलाई राहत दिन पिछडा वर्गले बुझाए ज्ञापन पत्र


धनुषा, ०७७ बैशा २८ गते ।
पिछडा वर्ग समाज (ओबीसी)ले धनुषाको बटेश्वर गाउँपालिका र मिथिलानगरपालिका असिना पीडितलाई राहत उपलब्ध गराउन तीनै तहका सरकारसंग माग गर्दै बैशाख २८ गते ज्ञापन पत्र बुझाएका छन् ।

बैशाख १२ गते हावाहुरीसंगै आएको असिनाबाट बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका लगायतको क्षेत्रमा घरको छानो तथा कृषि बालिनालीमा करोडौंको क्षति गरेको छ ।


३ सय ग्रामसम्मको आकाशबाट खसेको असिनाले पिडित गाउँबासिहरुको लागि राहत दिन भन्दै गाउँपालिका अध्यक्ष, प्रदेशका मन्त्री, प्रदेश सांसद , रेडक्रस, धनुषाका सिडियोको टोलीले समेत निरीक्षण गरेको हो ।

हालसम्म पीडितहरुलाई आश्वासन बाहेक कुनै प्रकारको राहत उपलब्ध नगराएकाले गर्दा राहत दिन पिछडावर्ग समाजका केन्द्रिय महासचिव नथुनी कुशवाहाले बटेश्वर गाउँपालिका वडा नं.१ का अध्यक्ष शैलेन्द्र महतोलाई ज्ञापनपत्र दिनुभएको हो ।

धेरै पढिएको

ताजा समाचार