• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

आवतजावत रोक्न सिमा नाकामा बाँसले घेरियो

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ १, २०७७, ४:५८ PM
0
आवतजावत रोक्न सिमा नाकामा बाँसले घेरियो

महोत्तरी, ०७७ जेठ १ गते ।

महोत्तरीको मटिहानी नगरपालिकाले भारतसँग जोडिएको आफ्नो डेढ किमि सीमाक्षेत्र बाँसको घेरा हालेको छ । भारतबाट कोरोना संक्रमित भित्र्न नदिन र सीमा अतिक्रमण रोक्न बाँसको तीन तहको घेरा हालिएको छ ।

सशस्त्र प्रहरीको सहयोगमा गरिबनाथ मन्दिरदेखि जलेश्वर नगरपालिका छुने पर्सा गाउँसम्म बाँसको घेरा हालिएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।
नगरले एक साता लगाएर करिब २ लाख रुपैयाँ खर्चमा २ हजार ५ सयवटा बाँस गाडेको छ । मटिहानीको भारतसँग जोडिएको सीमामा दुवैतिर घना बस्ती छ । बिहारको मधुवनी जिल्लाको मधवापुर बजार नजिकै छ । त्यो सीमावारिका नेपालीको पायक पर्ने बजार हो ।

‘कोरोना भाइरसको संक्रमणबाट आफ्नो पालिकालाई सुरक्षित राख्न सीमामा बाँसको घेराबार लगाएका हौं,’ मेयर मण्डलले भने, ‘बोर्डरमा लगाइएको घेराबार तत्कालका लागि कोरोना संक्रमणबाट जोगिन कै लागि हो । आवश्यकता देखिए पछिसम्म राख्न सकिन्छ ।’

बार लगाउन सशस्त्र प्रहरीले पनि श्रमदान गरेको उनले जानकारी दिए । मण्डलका अनुसार बिहीबार पनि जलेश्वरको पर्सा गाउँ नजिकको सीमामा बार लगाउने काम भइरहेको छ । ‘शुक्रबारसम्म सीमामा घेराबार लगाउने काम सकिन्छ,’ मेयर मण्डलले भने, ‘यसले धेरै हदसम्म घुसपैठ रोकिन्छ ।’
महोत्तरीको विपद् व्यवस्थापन समितिले ‘आवश्यक परे सीमामा बाँसको घेराबार लगाउन सकिने’ निर्णय गरेपछि सशस्त्र प्रहरीले स्थानीय तहलाई यसका लागि पत्राचार गरिरहेको छ । सशस्त्र प्रहरी महोत्तरीका प्रमुख एसपी नीरकृष्ण अधिकारीका अनुसार सीमामा तीन तहको बाँसको घेरा हालिएपछि आउजाउ नियन्त्रण भएको छ । ‘मटिहानीको सीमासँग भारतीय बजार जोडिएको छ,’ उनले भने, ‘त्यसैले बाँसको घेरा हालिएको छ । त्यो नाघेर आउन सम्भव छैन ।’

महोत्तरीसँग भारतको ३८.६ किलोमिटर सीमा पर्छ । सीमा सिल गरेपछि सशस्त्रले जिल्लाका ४० ठाउँबाट निगरानी गरिरहेको छ । ‘सीमामा बाँसको घेराबार लगाउन महोत्तरीका अन्य पालिकालाई पनि पत्राचार गरिएको छ,’ एसपी अधिकारीले भने, ‘केही पालिकाले चासो देखाएका छन् । त्यहाँ पनि छिट्टै काम सुरु हुन्छ ।’

सम्बन्धित समाचार

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२
मधेश प्रदेशका मुख्यमन्त्रि यादवले सदनमा विश्वासमा मत दिन काग्रेसलाई गरे लिखित आग्रह, काग्रेसले सभामुखमा समर्थन गर्न राखे प्रस्ताव
बिबिध

मधेश प्रदेशका मुख्यमन्त्रि यादवले शतप्रतिशत सांसदको पाए समर्थन

२०७९/१०/०४
दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई
बिबिध

दलित समुदायको स्तर उकास्न राजनितिक प्रतिवद्र्धता आवश्यक वत्ताहरुको भनाई

२०७९/०९/०४

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

8 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

8 hours ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

9 hours ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

9 hours ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

3 days ago
पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

पर्यावरणका लागि आवाज उठाउने दिलिप हत्या प्रकरणमा प्रहरीलाई अदालतमा हाजिर हुन आदेश

4 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In