धनुषाका दुई कोरोना संक्रमित चितवनबाट घर नगराइन आएको खुलासा


धनुषा, ०७७ जेठ ४ गते ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेका धनुषाका २० वर्षीय र ६५ वर्षिय कोरोना संक्रमित व्यक्तिहरु चितवनबाट धनुषाको नगराइनको घोडघास आएको खुलासा भएको छ । दुवै जना नगराइन नगरपालिका वडा नम्बर ९ स्थित घोडघासका स्थानिय रहेको जनाइएको छ ।


चितवनको मैदा कारखानामा काम गर्ने दुवै जना बैशाख ३० गते पैदल यात्रा र विचमा ट्रकमा समेत यात्रा गर्दै नगराइन आएको संक्रमितहरुले बताउनुभएको छ ।

चितवनबाट घर आएर बस्दै गरेका दुवै जनालाई स्थानियहरुको आग्रहमा नगरपालिका वडा नम्बर–५ स्थित गंगुलीमा रहेको प्रादेशिक क्वारेनटाइनमा राखिएको थियो । बैशाख ३० गते नै दुवै जनाको स्वाव संकलन गरि काठमाण्डौ पठाएको थियो ।


काठमाण्डौबाट जेठ ३ गते राति दुवै जना कोरोना संक्रमित भएको रिर्पोट सार्वजानिक भएपछि दुवै जनालाई प्रादेशिक क्वारेनटाइन गंगुलीबाट प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा पठाइएको गंगुलीस्थित क्वारेन्टाइन स्थलका संयोजक संतोष ठाकुरले जानकारी दिनुभएको छ ।
दिपेन्द्रप्रसाद सिंह

धेरै पढिएको

ताजा समाचार