
धनुषा, ०७७ जेठ ६ गते ।
धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधीसभा सांसद रहनुभएका पूर्वमन्त्रि रघुबिर महासेठले ७० थान थर्मल गण र १५ हजार सर्जिकल मास्क स्थानिय तहलाइ हस्तान्तरण गर्नुभएको छ ।
धनुषा निर्वाचन क्षेत्र न.४ को मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, लक्ष्मिनियाँ गाउँपालिका, मिथिला बिहारी नगरपालिकामा थर्मल गण र मास्क दिइएको छ ।

क्षेत्र नं. ३ को धनौजी गाउँपालिका, मुखियापटटी मुसहर्निया गाउँपालिका, नगराईन नगरपालिकाको प्रत्येक वाडामा एक एक थान थर्मल गण र मास्क समेत दिइएकोछ ।
बटेश्वर गाउँपालिकालाई अन्य पालिका सरह नै प्रत्येक वाडाको लागि एक एक थान थर्मल गण र सवै वाडाका लागि एक हजार मास्तक राहत स्वरुप माननीय महासेठले दिनुभएको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर क्षेत्रीले बताउनुभएको छ ।

प्रत्येक वाडालाई थर्मल गण र पालिकालाई मास्क दिदै कोरोना संक्रमित भएका वडालाई थप समेत मास्क र अन्य आवश्यक सामाग्री प्रदान गर्नुभएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।