भाेलीदेखी धनुषा सहित देशभरका मालपोत कार्यालय खुल्दै

धनुषा,०७७ जेठ २४ गते ।

तीन महिनादेखि बन्द रहेको मालपोत कार्यालयहरु आइतवारदेखि खुल्ने भएको छ । कोरोना महामारी र लकडाउनका कारण तीन महिनादेखि बन्द रहेका मालपोत कार्यालयहरुबाट न्यूनतम सेवा प्रवाह गर्ने सूचना भूमि ब्यवस्थापन तथा अभिलेख विभागले प्रकाशित गरेको हो ।

भूमि ब्यवस्थापन विभागको महानिर्देशकमा शेषनारायण पौडेल आएपछि उनले मालपोत कार्यालयहरुबाट आंशिक सेवा दिने प्रक्रिया अगाडि बढाएका हुन् ।

उनकै नीति अनुसार विभागका शाखा अधिकृत कृष्णप्रसाद जोशीको हस्ताक्षरमा मातहतका कार्यालयहरुलाई आइतबारबाट कार्यालय खोल्न र काम सुचारु गर्न परिपत्र गरिएको छ ।

धेरै पढिएको

ताजा समाचार