• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

लकडाउनमा ६२४ जना महिला तथा बालिका हिंसा, ६१ प्रतिशत हिंसा घरभित्रै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
जेष्ठ २७, २०७७, ४:४१ PM
0
लकडाउनमा ६२४ जना महिला तथा बालिका हिंसा, ६१ प्रतिशत हिंसा घरभित्रै

धनुषा,०७७ जेठ २७ गते ।

नेपालको ५१ जिल्लामा लकडाउनको अवधिमा ६२४ जना महिला तथा बालबालिकाहरु विभिन्न प्रकारका हिंसामा परेको तथ्यांक सार्वजानिक भएको छ । नेपालमा पित्तृसत्तात्मक सामाजिक मूल्य मान्यता हावीले गर्दा बन्दाबन्दीको समयमा समेत महिला तथा बालिकामाथि विपदको बेलामा हिंसा बढेको महिला अधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशिल ओेरेक नेपालले जनाएको छ ।


ओरेक नेपालले सार्वजानिक गरेको तथ्यांक अनुसार हिंसाका घटनाहरु मध्ये सबैभन्दा बढी ६१ प्रतिशत अर्थात ३७९ जना महिलाहरु आफ्नै श्रीमान र परिवारका सदस्यहरुबाट हिंसामा परेको तथ्यांकले देखाएको छ ।

ओरेकले सार्वजानिक गरेको घरेलु हिंसाका घटना मध्ये २२९ वटा शारीरिक हिंसा र ८३ वटा मानसिक हिंसाका घटना रहेका छन् । ६७ जना महिलाहरुलाई खानलाउन नदिइ घर निकाला गरी वेवास्ता गरिएको (५४), विवाहदर्ता, बच्चाको जन्मदर्ता, नागरिकता नबनाइ दिएको (१० जनालाई), स्वास्थ्य सुविधावाट बञ्चित गर्ने (३ जनालाई) जस्ता आवश्यक स्रोत सुविधाबाट बञ्चित गरिएको पाइएको छ । घरेलु हिंसाका घटनामा २८६ जना श्रीमान र ८३ जना परिवारका सदस्य संलग्न रहेको पाइएको छ ।

त्यस्तैगरी ६१ वटा सामाजिक हिंसा, ८२ वटा बलात्कार, १९ वटा बलात्कारको प्रयास, २३ वटा यौन दुव्र्यवहार, १२ वटा हत्या, २ वटा हत्यावाआत्महत्या अनुसन्धानको क्रममा रहेको, २७ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, ४ वटा हत्याको प्रयासका घटना, २ वटा मानव बेचविखन र ११वटा साइवर अपराधसँग सम्बन्धीत रहेका छन् ।

हिंसा प्रभावितहरुको उमेर समूहलाई हेर्दा सबैभन्दा बढी १८९ जना १७ देखि २५ वर्ष उमेर समूहका महिलाहरु हिंसाबाट प्रभावित भएको पाईएको छ । यस्तैगरी २६ देखि ३५ बर्ष उमेर समूहका १७६ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका ८६ जना, ४६ बर्षभन्दा माथिका उमेर समूहका ७२ जना महिलाहरु विभिन्न प्रकारका हिंसाबाट प्रभावित रहेका छन् । १६ बर्ष भन्दा कम उमेरका ९१ जना बालिकाहरु हिंसाबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका १० जना हिंसाबाट प्रभावित भएको ओरेकले जनाएको छ ।

हिंसामा संलग्न आरोपितव्यक्तिहरुको उमेरको आधारमा हेर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समुहका २११ जना युवाहरु रहेका छन् । ३६ देखि ४५ बर्ष उमेर समुहका १५३ जना, १७ देखि २५ वर्ष उमेर समुहका १२६ जना युवाहरु रहेका छन् र ८३ जना ४६ बर्ष भन्दामाथि उमेर समूहका पुरुषहरु रहेका छन् ।

साथै उमेर समुह थाहा नभएका पुरुषहरु ७० जना र ३ जना १६ वर्ष भन्दा कम उमेरका युवाहरु हिंसामा संलग्न भएको पाइएको छ । तथ्याकंका आधारमा ३५ वर्ष सम्मका ३४० जना युवा हिंसामा संलग्न रहेको पाईएको छ ।


ओरेकमा अभिलेखिकरण भएका घटनाहरुमध्ये ३२९ जना प्रहरीमा उजुरी दर्ताका लागि गएका बताइएको छ । तर प्रहरीमा उजुरीका लागि निवेदन लिएपनि मुद्धा दर्ताको प्रक्रियामा नगएको, केश दर्ता भएपनि बन्दावन्दी खुलेपछि मात्र केशको प्रक्रिया अगाडी बढ्ने विषयमा सम्बन्धित निकायले भन्ने गरेको, घरेलु हिंसाका घटनामा निवेदन लिएपनि छलफल गराएर मात्र छाडिदिने गरेको पाइएको छ ।

जसले गर्दा हिंसा प्रभावितले न्याय प्राप्त गर्ने वातावरण सुनिश्चित हुन नसकेको ओरेक नेपालका बरिष्ठ कार्यक्रम संयोजक संजिता तिम्सिनाले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन
राष्ट्रिय

नेपालका पहिलो गभर्नर जबराको निधन

२०७९/१०/२२
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

9 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

9 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In