
धनुषा, ०७७ असार ११ गते ।
प्रदेश २ मा १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भए संगे संक्रमितको संख्या ३ हजार २ सय पुगेको छ । पछिल्लो पटक थप संक्रमित हुनेहरुमध्ये २१ जना महिला छन् ।
धनुषाको मिथिला नगरपालिकाका ३ वर्षिया एक जना बालिका, दुई जना युवती, ८ जना पुरुष, नगराइन नगरपालिकाका ७ जना र बटेश्वर गाउँपालिकाका २ जना, रौतहटको लक्ष्मीनियाँ–५ स्थित श्री शंकर प्रावि आधारभूत विद्यालयको क्वारेन्टिका ६ जना महिलासहित २२ जना, ईशनाथ नगरपालिकाका ४ जना महिलासहित २२ जनामा संक्रमण पुष्टि भएको हो ।
सर्लाहीको हरिपूर्वा नगरपालिकाका १ जना, विष्णु गाउँपालिकाका २ देखि २६ वर्ष समूहका ५ जना महिलासहित २० जना, महोत्तरीको गौशाला नगरपालिकाका ५, लोहरपट्टी नगरपालिकाका १ जना महिला र १ जना पुरुष, मनरा सिस्वा नगरपालिकाका १ महिलासहित ५ जनामा संक्रमण पुष्टि भएको छ । सप्तरीको बोदे बसाईन नगरपालिका वडा ३ र ५ का १ महिलासहित ४ जना, बिहुल बलान नगरपालिका–३ का २ जना पुरुषमा संक्रमण देखिएको छ ।
प्रदेश २ मा सबैभन्दा बढी संक्रमित रौतहटमा देखिएका छन् । रौतहटमा ४४ जना, धनुषामा २० जना, सर्लाहीमा २१ जना, महोत्तरीमा १२ र सप्तरीमा ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सँगै प्रदेशमा प्रदेश २ मा कोरोना संक्रमितहरु ठिक हुने संख्या समेत बढेको छ । पछिल्लो २४ घण्टामा १ सय २५ जना संक्रमित निको भएसँगै डिस्जार्च भएको छ । अहिलेसम्म प्रदेश २ मा १ हजार २ सय ३४ जना निको भएर घर पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए ।