
धनुषा,०७७ असार १६ गते।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एकै रात दुईटा सटरमा चोरी भएको छ ।
महेन्द्रनगर हनुमानचौक स्थित रहेको एटी एम कलेक्सन र जुली सिंगार पसलमा पछाडीको ढोका फूटाई करिब १ लाख बरावरको जिन्स, भेष्ट र १ लाख ४५ हजार नगद चोरी भएको संचालकहरुले बताएका छन ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर देखी मात्र ३ सय मिटरको दुरी र चौविसै घण्टा आवत जावत हुने महेन्द्रनगरको मेनचौकमा यस्तो परकारको चोरी हुनु स्थानिय सरकार र प्रशासनलाई चुनैती दिएको उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवले बताएका छन ।
विश्वभर फैलिरहेको कोरोना भाइरस रोकथामका लागी नेपाल सरकार द्धारा लगाईएको लकडाउन बाट प्रभावित भई केही दिन देखि लकडाउन खुकुलो भएपछि संचालनमा आएको पसल विभिन्न समस्या टार्ने भनेर राखेको पैसा र सामान चोरी भयो एटी एम कलेक्सनका संचालक रंजन गुप्ताले दुखेसो पोखेका छन ।
एता ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पप्पु नायकका अनुसार पसलको पछाडी चियापसलमा आउने टयापे केटाहरु पसलको पछाडीको ढोका दरो नभएको कारण योजना बनाई चोरी गरेको हुनसक्ने हुनाले साइडमा रहेको पसलहरुको फेटेजको आधारमा अनुसन्धान गरिरहेको बताएका छन ।