जनकपुरधाम । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने जिल्ला प्रशासन धनुषामा पुगेका एक नेपाली सहित एक भारतीय पक्राउ परेको छ ।
झुठो विवरण पेश गरी भारतीय ज्वाईलाई नागरिकता दिलाउन खोज्ने धनुषाधाम नगरपालिका २ बस्ने ससुरा जीतनारायण यादव सहित भारत बिहार मुझप्पुर राज्य ग्राम शंकरपुर बस्ने सुनिल कुमार यादव पक्राउ परेको छ ।
ससुराले ज्वाईलाई आफ्नो छोरालाई बनाएर नागरिकता दिलाउन खोेजेका थिए । पक्राउ परेका दुबउपर थप अनुसन्धान सहित कारवाहीका लागि प्रकृया अगाडी बढाईएको प्रमुख जिल्ला अधिकारी प्रदिप कनेलले जनाएका छन् ।
किर्ते नागरिकता लिन नगरपालिकाका वडाअध्यक्षले १० हजार घुस लिएको आरोप लगाए । निज भारतीय नागरिकलाई प्रमुख जिल्ला अधिकारी कनेल आफैले समातेका छन् ।
पक्राउ परेका ती भारतीय नागरिक नेपालमै बस्ने सोचका साथ नेपाली नागरिकता लिन लागेको स्वीकारे । पक्राउ परेका ती भारतीय नागरिक वडाअध्यक्षलाई घुस दिएर ससुरालाई ठगेर नागरिकता बनाउन आएको थियो ।