
०७६ मंसिर २६ गते ।
भारत नेपालको सिमावर्ती क्षेत्र विहार राज्यको शिवहर जिल्लामा इलेक्ट्रोनिक्स डिभाइसजडित पक्षी बाज फेला परेको छ । विहारको शिवहर जिल्लामा प्रशिक्षित बाजको आँखामा लेन्स र गर्धनमा ट्रैकिंग डिवाइस जडान गरिएको भारतीय प्रहरीले जनाएको छ ।
प्रशिक्षित बाज फेला परेपछि विहारको शिवहरमा बाज हेर्न आउनेको भिड लागेको छ । समातिएको बाज वन विभागलाइ जिम्मा लगाइएको छ । नेपालको सीमावर्ती इलाकामा लेन्सजडित बाज फेला परेपछि विभिन्न प्रकारको अनुमान गरिदै आएको छ । कतिले भारत विरोधी तत्वले यसरीले सुचना लिन पशुपंक्षिको प्रयोग गरेको हुन सक्ने बताउँदै आएको छ ।