मालपोत अधिकृत मण्डल विरुद्ध आरोपपत्र दायर

जनकपुरधाम, मंसिर ३० गते । 
घुस सहित पक्राउ परेका मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम आरोप पुष्टि भएपछि आयोगले पांच लाख रुपैया बिगो सहित जरिवाना र कैद सजायको मांग गरेको छ । 
सोमवार आयोगले एक विज्ञप्ति जारी गरी अनुसन्धानको सिलसिलामा निज प्रतिवादी रामबाबु मण्डलले घुस लिएको भन्ने कुरा अनुसन्धानबाट सप्रमाण पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम बिगो रु. ५ लाख कायम गरी जरिवाना र कैद सजाय हुन मागदाबी सहित आरोप पत्र दायर गरिएको भनेको छ । 
गत मंसिर ६ गते भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत निमित्त कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डल सेवाग्राही संग लिइरहेको ५ लाख रुपैया घुस सहित पक्राउ परेको थियो । 
मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम सहित अवस्थामा अख्तियारको बर्दिबास शाखाका टोलीले पक्राउ गरेको थियो ।

धेरै पढिएको

ताजा समाचार