• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

शितलहर बढेपछि तीन दिनको लागि विद्यालय बन्द

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस ४, २०७६, १२:०८ PM
0
शितलहर बढेपछि तीन दिनको लागि विद्यालय बन्द

?????????????

रंजन भण्डारी
महोत्तरी, पुस ३ गते : 
महोत्तरी जिल्लाको औरही नगरपालिकाले आफ्नो पालिका मातहतका सवै १६ विद्यालयमा तत्काल तीन दिनको लागि विदा दिएको छ । शितलहरले तापक्रम वर्षकै न्युन रहेको र बालवालिकालाई विद्यालय आउन गाह्रो भएपछि नगरपालिकाले तत्काल विदा घोषणा गरेको हो ।

औरहीका मेयर सुनिलकुमार यादवले हाललाई तीन दिनका लागि विदा घोषणा गरिएपनि आगामी तीन दिनमा मौसममा सुधार नआए विदा बढाउन पनि सकिने बताए । मेयर यादवले स्थानीय विद्यालयको अनुगमन समेत गर्दै बालवालिका विद्यालय आउन मौसम प्रतिकुल देखेर तत्काल विद्यालय बन्द गर्न पत्राचार गरेका थिए ।

बालविकासमा मेट्रेस र कार्पेट
यता मेयर यादवले बालविकासका कक्षामा बस्ने बालवालिका अत्यन्त साना हुने गरेकाले उनीहरुलाई न्यानो बनाएर राख्न पालिकाका सबै विद्यालयहरुमा मेट्रेस र कार्पेटको व्यवस्था गरेका छन् । हाललाई सवै विद्यालयमा मेट्रेस पठाइसकिएको र विद्यालय खुल्नु अगावै न्यानो हुने कार्पेट समेत पठाउने व्यवस्था भइरहेको बताए ।

शितलहरले जनजीवन कष्टकर
यता जिल्लाका अन्य भेगमा समेत शितलहरले अत्यधिक प्रभाव पारेको छ । विपन्न वर्ग अत्यधिक प्रभावित भएकोमा जिल्ला विपद व्यवस्थापन समितिले सबै पालिकाहरुलाई आ आफ्नो तर्फबाट शितलहर प्रभावितहरुलाई सक्दो सबै प्रकारको न्यानोको व्यवस्था गर्न पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालयले समेत आफ्नो मातहतका चौकीहरुलाई सक्दो सहयोग गर्न निर्देशन दिएकोमा औरही नगरपालिका स्थित प्रहरी चौकीले स्थानिय स्तरमा दाउरा जुटाएर नगरपालिकाको समेत सहयोगमा ठाउँठाउँमा बाँडेको थियो ।

राहत नपाएको शितलहर प्रभावितको गुनासो
जिल्लाका सबै भागमा शितलहरले प्रभाव पारेको बेला अधिकांश पालिकाका स्थानीले कुनै निकायको सहयोग नआएको गुनासो गरेका छन् । उनीहरुले कुनै जनप्रतिनिधीहरु अझै हेर्न समेत नआएको भन्दै दुखेसो पोखे । शितलहरले बालवालिका, वृद्ध तथा दैनिक ज्याला मजदुरी गर्ने, गरिब तथा विपन्न वस्तीका वासिन्दाहरु अत्यधिक प्रभावित भएका छन् ।

यता प्रदेशसभा सदस्य सुरीता साहले आफुसँग केहि थान कम्वल रहेको र थपको लागि प्रयास गरिरहेको बताउदै आफ्नो क्षेत्रका शितलहर प्रभावितहरुलाई थोरै भएपनि राहत पुर्याउने प्रयासमा रहेको बताएकी छन् ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने
बिबिध

अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

२०७९/१०/१२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

11 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In