
धनुषा,०७८ पुस १० गते । जनकपुरमा प्रत्येक शनिवार रेल्वे एरिया, पुलचोकलगायत रेल्वे ट्रयाक सरसफाई गर्दै आएका अभियानीहरु सक्रियता बढाएका छन् । कोभिड–१९ को महामारीले गर्दा नियमित रुपमा साप्ताहिक सरसफाई अभियान प्रभावित भएको थियो ।
करिव डेढ महिनादेखि सरसफाई अभियानलाई निरन्तरता दिएका सरसफाई अभियानीहरुले पुस १० गते शनिवार रेल्वे ट्रयाक सरसफाई गरेका छन् ।
सरसफाई अभियानलाई जागरुक्ताका साथ अगाडी बढाएको अभियानीकी संयोजक रुवी झाले बताउनुभयो । साप्ताहिक रुपमा रेल्वे ट्रयाकलगायत विभिन्न चोक र ठाउँमा सरसफाई गरिने अभियानी झाले बताउनुभयो ।

सरसफाई अभियानमा रुवी झा, दिवाकर झा, आरती मंडल, सरोज यादव, मनिष साह, सुजिता मल्लिक, राजिव सिंह, आदित्य ठाकुर, गौत्तम झालगायतको सहभागिता रहेको थियो ।
सरसफाई अभावमा जनकपुुर दुगन्र्धित बन्दै गएको छ । यस अवस्थामा यस्ता स साना प्रयासले आ आफनो चोक र ठाउँको विकास र परिवर्तनको हातहरु अगाडी बढ्नुपर्ने देखिन्छ ।