
सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकले १९ सिटमा भागबण्डा मिलाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालका अनुसार बैठकमा कांग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट दिने सहमति भएको छ ।