• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

शितलहरले अस्तव्यस्त तराइ मधेश

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस ११, २०७६, १०:५१ AM
0
शितलहरले अस्तव्यस्त तराइ मधेश

अजय शाह |  २०७६ पौष ११ शुक्रबार

तराई-मधेसको जनजीवन शीतलहरले प्रभावित भएकाे छ। बढ्दो चिसो र शीतलहरका कारण विपन्न समुदायका मानिसहरु बढी मारमा परेका छन्।

प्रदेश दुईका जिल्लाका अधिकांश ठाउँका शीतलहरले जनजीवन प्रभावित भएकाे हाे। बिहान र बेलुका चल्ने चिसो हावा, बाक्लो हुस्सु र शितलहरले जनजीवन कष्टकर बनेकाे हाे।

सडक पेटी, रेलवे स्टेशन तथा विभिन्न धर्मशालामा रात बिताउनेको दैनिकी कष्टकर बनेकाे छ। चिसोको मारमा सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक परेका छन्।

चिसो बढेपछि मुख्य बजारहरु पनि बिहान र बेलुका सुनसान छन्। जनकपुरधाममा व्यवसायी अशोक गुप्ताले भने, ‘जाडो चहलपहल कम भएपछि कारोबार पनि घटेको छ।

चिसोका कारण अधिकांश विद्यालय बन्द गरिएका छन्। चिसो बढेपछि व्यापार व्यवसाय पनि प्रभावित भएको क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरका अध्यक्ष सुरेश यादवले बताए।

धनुषा, महोत्तरीसहित मध्य तथा पूर्वी तराईका जिल्लाहरुमा बाक्लो हुस्सु लागेको छ। अझै केही दिन हुस्सु लाग्ने र चिसो बढ्ने सम्भावना रहेको मौसमविद् बताउँछन्।

चिसोसँगै अस्पतालमा निमोनिया, रुघाखोकी, घाँटी दुख्नेजस्ता रोगका बिरामी उपचारका लागि आउने गरेका छन्। हाडजोर्नी, रुघाखोकी र दमका बिरामीको संख्या बढेको प्रादेशिक अस्पतालका डा. नागेन्द्र यादवले बताए।

बिपन्न बढी प्रभावित
शीतलहर चलेपछि स्थानीय प्रशासनले दाउरा वितरण गरेकाे छ। चोक–चोकमा आगो बाल्ने व्यवस्था मिलाइएको हाे। तर, ग्रामिण क्षेत्र र देहातका दलित तथा गरीब परिवार बढी प्रभावित छन्।

जिल्ला प्रशासन कार्यालय धनुषाले शीतलहर पूर्वतयारी तथा प्रतिकार योजना २०७६ लागू गरेको छ। जिल्लाका १८ वटै स्थानीय तहलाई लक्षित गरी सुरु गरिएको उक्त योजना अन्तर्गत विपन्न समुदायलाई कम्तीमा एक थान न्यानो लुगा वितरण गर्ने र आगो बालेर धुनी लगाउने व्यवस्था गर्न सूचना जारी गरिएकाे छ। चिसोका कारण बिरामी बढ्न सक्ने भएकाले स्वास्थ्य संस्थालाई सतर्क रहन निर्देशन पनि दिइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए।

प्रशासनले वितरण गरेकाे सामग्री पर्याप्त नभएकाे प्रभावितकाे गुनासाे छ। प्रभावितहरु अहिले राहतको पर्खाइमा छन्। रेडक्रस सोसाइटी धनुषाका सभापति नरेशप्रसाद सिंहले जाडोले जनजीवन प्रभावित भएकाले चिसोबाट बच्ने उपायबारे पहिलो चरणमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए।

हवाई सेवा प्रभावित
शितलहरसँगै लागेको बाक्लो हुस्सुका कारण काठमाडौं–जनकपुर हवाई सेवासमेत प्रभावित भएको छ। कुहिरो लाग्न थालेपछि पटकपटक काठमाडौं–जनकपुरको उडान रद्द हुँदै आएको छ। जनकपुर विमानस्थल कार्यालयका अनुसार विमान अवतरण र उडानका लागि आवश्यक ‘भिजिविलिटी’ नपुगेपछि बुधबार सम्पूर्ण उडान रद्द गरिएको थियाे।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

4 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In