धनुषा,०७९ पुस ४ गते ।मधेश प्रदेशलगायत देशभर दलितको अवस्था कमजोर रहेकाले आरक्षणको साथै राजनितिक प्रतिर्वद्धता आवश्यक रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।जनकपुरमा सोमवार एनपिआईले दलितको अवस्था र अभ्यासबारे गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा.मानवहादुर विश्वकर्माले निमाजतितर्फ दलितहरुको पहुच करिव दुई हजारको संख्यामा मात्रै रहेको तथ्यांक प्रस्तुत गर्नुभयो ।
उहाँले दलितहरुमाथि जातिय विभेदका घटना देशभर दुई सय २५ ओटा घटना भएको बताउनुभयो । देशको संविधान, ऐन, कानुनले जातिय छुवाछुत र विभेदलाई मुक्त राष्ट्र घोषणा गरेर यस्तो व्यवहार गर्नेलाई दण्डित गर्ने कानुन भएपनि व्यवहारमा भने लागु नभएको बताउनुभयो । उहाँले दलितहरुको शिक्षा, स्वास्थ्य, राजनितिक पहुँचको साथै आर्थिक रुपमा समेत आरक्षणको आवश्यकता देखिएकाले सरकारले दलितहरुका लागि विशेष प्याकेजको घोषणा गर्न जरुरी रहेको बताउनुभयो ।
राजनितिक दलका नेताहरुले सरकारले दलितहरुको उत्थान गर्न विभिन्न योजना र आरक्षण राखिएको बताउँदै आउने दिनमा अझै शिक्षा, स्वास्थ्य र राजनितिक रुपमा संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । छलफल कार्यक्रममा लोसपा धनुषा जिल्ला अध्यक्ष पूर्व प्रदेश सांसद परमेश्वर साह, नेकपा एकिकृत समाजवादी पार्टीका स्थाय समिती सदस्य श्रीनारायण साह, नेकपा माओवादी केन्द्र धनुषाका कार्यालय सचिव श्रीनारायण प्रतिहस्त, नेपाली काग्रेसका उपसभापति लक्ष्मीनारायण यादव,जनमत पार्टीका धनुषा इन्चार्ज विपी साह, जसपा प्रदेश सदस्य रामु महरा, एनपिआइका संगिता राठौरको उपस्थिती थियो ।
कार्यक्रममा इन्सेक प्रदेश संयोजक राजु पासवान, ओरेक प्रदेश संयोजक विकास बन्जारा, मानवअधिकारकर्मी प्रदिप यादव, जमुना भुजेललगायतको संचारकर्मी, मानवअधिकारकर्मीहरुको उपस्थिती रहेको एनपिआईका प्रदेश प्रतिनिधी विनोद महराले बताउनुभयो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !