
धनुषा, ०७८ असोज १ गते ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जिल्लाभरमा आरकेष्ट्रा नाच गर्न गराउन प्रतिबन्ध रहेको कागजमा घोषणा गर्दै विज्ञप्ति नै जारी गरेका छन् । तर असोज १ गते महोत्तरीकै विभिन्न ठाउँमा प्रहरी प्रशासनकै सुरक्षा घेरा भित्र आरकेष्ट्रा नाच नचाइएको छ ।
एक तर्फ कागजमा आरकेष्ट्रा प्रतिवन्ध रहेको घोषणा गर्ने अर्को तर्फ प्रहरीकै सुरक्षामा नाच नचाउनुले प्रहरी प्रशासन आर्थिक, सामाजिक र सांस्कृतिक रुपमै कमजोर भएको अनुभुती महसुस गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बिहीबार जिल्लाभरका आफ्ना मातहतअन्र्तगतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुका लागि आरकेष्ट्रा नाच गर्न र गराउन नदिने गरि सर्कुलर जारी गरेका थिए । तर, त्यसको कार्यान्वयन भने व्यवहारमा देखिएको छैन् ।
गौशाला नगरपालिकाको जमुनियामा आरकेस्ट्रा नाचमा सशस्त्र प्रहरीहरुले सुरक्षा दिई रहेको आरकेष्ट्रा नाचमा सशस्त्र प्रहरी समेत हेरेर रमाउन समेत पाएका छन् ।

भोजपुरीमा दोहोरो अर्थ दिने समाजिक रुपमा भड्किलो गीतमा आरकेष्ट्राका कलाकारहरुले दर्शकलाई जिस्काउँदै गरेको नाचमा प्रहरीहरु समेत झुमेर रमाइलो गरेका छन् ।
आरकेस्ट्रा नाचमा स्थानिय प्रशासनले प्रतिवन्ध लगाउनु र अर्को तर्फ खुल्ला स्थानमा प्रहरी प्रशासनकै प्रतिनिधीले सुरक्षा घेरा दिनुले सर्वसाधारण समेत आश्चर्यचकित भएका छन् । यसले प्रहरी प्रशाासनको निर्णयप्रति समेत प्रश्न वाचक चिन्ह खडा भएको छ ।