धनुषा,०७९ माघ ६ गते । धनुषाको बटेश्वर गाउँपालिकाको स्वास्थ्यचौकीहरुमा औषधी अभाव देखिएको छ । पालिका भित्र ७ ओटा स्वास्थ्यचौकीमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा सवै स्वास्थ्यचौकीमा औषधी अभाव देखिएको वडा नं. १ स्वास्थ्यचौकीमा चिकित्सक अम्रेश सिंहले ग्ुनासो गर्नुभयो ।
उहाँले हामी कार्यरत रहेको स्वास्थ्यचौकीमा जिवनजल, एमोक्सासिलिन ५०० एमजी, सिफ्रोफलेक्सासिन ५०० एमजी, आँखा, कानको लागि सिप्रो ड्रप, ब्रुफेन, कोट्रिमोक्साजोललगायतको औषधी महिनौदेखि अभाव रहेको बताउनुभयो । पालिकालाई पटक पटक औषधी आफूर्ति गर्न आग्रह गर्दा समेत सुनवाई नभएको वडा नं. ५ स्थित स्वास्थ्यचौकी इन्चार्ज राजकुमार महतोले बताउनुभयो ।
औषधी अभावले दैनिक दर्जनौ विरामीलाई जिवनजलसम्म दिन नसक्दा आफुहरुलाई समेत आत्मगलानी महसुस हुने गरेको लक्ष्मीनिवास स्वास्थ्यचौकी इन्चार्ज श्याम साहले बताउनुभयो । उहाँका अनुसार एक त मानववस्तीमा एक किलोमिटर भित्र सुनसान ठाउँ आपँ बगैंचामा स्वास्थ्यचौकी सारिएको छ । घण्टौ समय लगाएर स्वास्थ्यचौकीमा आउने सेवाग्राहीलाई सामान्य औषधी दिन नसक्दा सेवाग्राही विरामीहरुले समेत गाली गर्ने, हप्काउने गरेको दुखेसो पोख्नुभयो ।
बटेश्वर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रुद्रनारायण यादवले पालिकाको स्टोरमा समेत जिवनजललगायतको माथि उल्लेखित औषधी छैन्, हामीले खरिद गर्ने प्रक्रियामा रहेको बताउनुभयो । उहाँले एक हप्ताभित्र प्रत्येक स्वास्थ्यचौकीमा औषधी पालिकाले आपूर्ति गर्ने बताउनुभयो ।
स्वास्थ्यचौकीबाट सर्वसाधारण नागरिकलाई ७२ प्रकारको औषधी र स्वास्थ्यसेवा निःशुल्क भनिए पनि स्वास्थ्यको अधिकार पालिकामा हस्तान्तरण भएपनि कमसल र कमिसनमा गुणस्तरहिन औषधी खरिद गर्ने गरेकोले स्वास्थ्यचौकीहरुले वितवरण गर्ने औषधीको गुणस्तर माथि प्रश्न समेत उठने गरेको छ ।



फोटोहरु केही दिन पूर्वको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !