• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

शिक्षक समायोजन नहुँदा प्राथमिक शिक्षक माध्यमिकको कक्षा लिदै

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
पुस २०, २०७६, ११:०१ AM
0
शिक्षक समायोजन नहुँदा प्राथमिक शिक्षक माध्यमिकको कक्षा लिदै

दीपेन्द्रप्रसाद सिंह, जनकपुरधाम
धनुषामा वर्षौदेखि आधारभुतको कक्षा ६ देखि ८ र माध्यमिक तहको कक्षा ९ र १० मा शिक्षक समायोजन हुन नसक्दा दरवन्दीअनुसारको शिक्षकहरु विद्यालयहरुमा पुगेको छैन । २०५८ सालपछि नयाँ दरवन्दी नथपिएको अवस्थामा वर्षौदेखि शिक्षकहरुको समायोजन हुन नसकेपछि शिक्षक र विद्यार्थी अनुपात मिल्न सकेको छैन । विद्यार्थी बढी भएको ग्रामिण क्षेत्रको विद्यालयमा शिक्षक अभाव छ भने विद्यार्थी कम भएको शहरी क्षेत्रको विद्यालयमा शिक्षकहरु धेरै छन । जसले गर्दा शिक्षण सिकाई प्रक्रिया प्रभावित हुदै आएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको ग्रामिण क्षेत्र पर्ने वाडा नं. १७ स्थित श्री सरस्वती माध्यमिक विद्यालय कनकपटटीमा ६ सय ५० विद्यार्थी अध्ययनरत रहेका छन । यस विद्यालयको प्राथमिक तहमा ६ जना दरवन्दी , नि.मा.वि.तहमा १ जना र माध्यमिक तहमाा १ जना शिक्षक र वालविकास सहजकर्ताको रुपमा २ जना कार्यरत रहेका छन । कक्षा १० सम्म पढाइ हुदै आएको सरस्वती माध्यमिक विद्यालयमा २ वर्षपहिले प्रध्यानाध्यापकको जिम्मेवारी जगदिश साहले पाएका थिए । प्रध्यानाध्यापक साह भन्छन ‘२ वर्ष पहिले आफु जानकी माध्यमिक विद्यालय जनकपुरबाट सरुवा भएर प्र.अ.को जिम्मेवारीमा आए, विद्यालयको अवस्था अस्तव्यस्त थियो । कक्षा ९ मा ५ थियो भने यस्तै विद्यार्थी उपस्थिती अन्य कक्षाकोठामा समेत रहेको थियो । जग्गा अभावले साँघुरो ठाउँमा माध्यमिक तहको विद्यालय संचालन गर्ने भौतिक पूर्वाधार समेत नभएको ठाउँमा विद्यार्थीहरुको चापले गर्दा अहिले पनि कक्षा १० सम्म पढाउनुपर्ने बाध्यता रहेको थियो ।
माध्यमिक तहसम्मको कक्षा संचालन हुदै आएको भएपनि नि.मा.वि. र मा.वि. तहको लागि १÷१ जना शिक्षकको दरवन्दी मात्रै भएकाले गर्दा शिक्षण सिकाई निकै प्रभावित हुदै आएकाले विद्यालयको पोखरी ठेक्काबाट आउने आम्दानीबाट तलव,भत्ता दिने गरि विद्यालयले ४ जना शिक्षक निजी स्रोतमा नियुक्ती गरेका छन । विद्यालयले ५ जना निजी स्रोतका शिक्षकका लागि मासिक ४५ हजार खर्चिदै आएको भएपनि पोखरीको ठेक्काबाट रकम उठन नसकेपछि २०७४ साल महिनादेखि हालसम्मको तलव,भत्ता निजी स्रोतका शिक्षकहरुको बाँकी रहेको प्रध्यानाध्यापक जगदिश साहले बताए ।
प्राथमिक तहमा शिक्षक पर्याप्त भएर पनि माथिल्लो कक्षामा शिक्षक अभाव भएपछि निजी स्रोतका शिक्षकहरु माथिल्लो तहको अनिवार्य विषय गणित, विज्ञान , अग्रेजी , नेपाली र सामाजिक विषय पढाउँदै आएका छन भने प्राथमिक तहका ५ जना शिक्षकहरुले समेत माथिल्लो कक्षा लिदै आएको छ । प्राथमिक तहको शिक्षकलाई माथिल्लो कक्षामा शिक्षण सिकाई गरेवापत प्रोत्साहन स्वरुप विद्यालयले मासिक २ हजार दिने गरेको प्रध्यानाध्यापक साह बताउँछन् । प्र.अ. साहले प्राथमिक तहका शिक्षकलाई मासिक २ हजार प्रोत्साहन भत्ता दिएर माथिल्लो कक्षा दिएपनि सोचे अनुसारको शिक्षण सिकाइ हुन सकेको छैन । निजी र प्राथमिक तहको शिक्षकहरुले कक्षा शिक्षण गर्दा शिक्षण सिकाई प्रभावित हुनु स्वभाविक नै भएको उनको भनाई रहेको छ ।
शिक्षक समायोजन कार्यदलको अनुसार जनकपुरधाम उपमहानगरपालिकाको आधारभुत तह कक्षा १ देखि ५ सम्म स्विकृत दरवन्दी २ सय ६६, राहत ८१ गरि जम्मा ३सय ४७ जना शिक्षक कार्यरत रहेको छ । दरवन्दीअनुसार जनकपुरधाम उपमहानगरपालिकाको प्राथमिक तहमा १ सय ८ जना शिक्षक बढी रहेका छन । प्राथमिक तहमा शिक्षक बढी देखिएपनि आधारभुत तह ६ देखि ८ सम्मको स्विकृत दरवन्दी ७३ जना, राहत १४ जना गरि जम्मा ८७ जना रहेको छ । विद्यार्थीको संख्याअनुसार जनकपुरधाम उपमहानगरपालिका भित्रको कक्षा ६ देखि ८ सम्मको लागि ५५ जना शिक्षक अपुग देखिन्छ भने माध्यमिक तहमा ८५ जना स्विकृत दरवन्दी, राहतमा १० जना छन । तर अझै ५२ जना विद्यार्थी माध्यमिक तहको कक्षा ९ र १० को लागि आवश्यक रहेको तथ्याङ्गक देखिन्छ ।
जनकपुरधाम उपमहानगरपालिका १९ स्थित वेंगाशिवपुरस्थित श्री जनता माध्यमिक विद्यालयको माध्यमिक तहमा १ जना स्थाय र १ जना राहत गरि २ शिक्षक कार्यरत रहेका छन । २ जना शिक्षकले शिक्षण सिकाई प्रभावित भई रहेकाले गर्दा २ जना शिक्षक माध्यमिक तहमै पढाउने गरि निजी स्रोतमा नियुक्ती गरेको प्रध्यानाध्यापक भागेश्वर यादव बताउँछन् । निजी स्रोतका शिक्षक नियुक्ती गरिए पनि माध्यमिक तहको विज्ञान विषय नि.मा.वि. शिक्षक संजय यादव र गणित विषय नि.मा.वि. शिक्षक अरुण साहले पढाउँदै आएको छ । तल्लो कक्षाका शिक्षकलाई कक्षा खाली राख्नुभन्दा सकेसम्म पढाउनका लागि अनुरोध गर्दै आएको प्र.अ. यादवको भनाई रहेको छ । तर विद्यालयको शिक्षण सिकाईबाट आफु सन्तुष्ट भने नरहेको उनको धारणा रहेको छ ।
धनुषाको बटेश्वर गाउँपालिका वाडा नं.१ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय रहेको छ । विद्यालयमा ६ सय ५० विद्यार्थी अध्ययनरत रहेको छ । विद्यालयको प्राथमिक तहमा ५ जना शिक्षक दरवन्दीका स्थाय छन । नि.मा.वि.तहमा ४ जना राहत शिक्षक शिक्षक र माध्यमिक तहमा १ जना स्थाय र १ जना राहत कोटामा कार्यरत रहेका छन । विद्यालयमा शिक्षक अभाव निकै भएपनि विगतमा ४ जना निजी स्रोतमा शिक्षक नियुत्ती गरेकोमा अहिले पनि विज्ञान र सामाजिक विषयको लागि निजि स्रोतमा शिक्षक राखिएको छ । विद्यालयमा शिक्षक अभाव भएकाले नि.मा.वि. तहको राहत कोटा र निजी स्रोतको भरमा माध्यमिक तहको शिक्षकले दैनिक ६ देखि ७ वटा कक्षा शिक्षण गर्दै आएको विद्यालय व्यवस्थापन समितका अध्यक्ष राजदेव महतोले बताएका छन । विद्यालयमा स्थाय दरवन्दीका विज्ञान विषयका शिक्षकको निकै आवश्यकता भएको शिक्षक सतेन्द्र शर्माको बुझाई रहेको छ ।
शिक्षक समायोजन कार्यदलको अनुसार बटेश्वर गाउँपालिकामा प्राथमिक तहमाा ४३ स्थाय दरवन्दी, १४ राहत कोटा गरि जम्मा ५७ शिक्षक छन । बटेश्वर गाउँपालिकाको प्राथमिक कक्षा १ देखि ५ सम्म अझै २३ जना शिक्षक आवश्यक देखिएको छ भने नि.मा.वि. तह कक्षा ६ देखि ८ सम्म स्विकृत दरवन्दी ५ , राहत कोटा ८ गरि जम्मा १३ शिक्षक रहेका छन । बटेश्वर गाउँपालिकाको नि.मा.वि. तहमा १७ जना शिक्षक आवश्यक देखिन्छ भने माध्यमिक तह कक्षा ९ र १० को लागि स्थाय दरवन्दी ७ जना, राहत कोटामा १ जना गरि ८ रहेको छ भने आवश्यक २४ जना देखिएको छ । जसअनुसार माध्यमिक तहमा १६ जना शिक्षक अझै आवश्यकता देखिएको छ ।
लक्ष्मीनियाँ गाउँपालिकाको वाडा नं.३ बनिगामास्थित श्री जनता निम्न माध्यमिक विद्यालयमा २ सय २५ विद्यार्थी अध्ययनरत रहेका छन । कक्षा ६ देखि ८ सम्म एक सय विद्यार्थी भर्ना भएका छन । विद्यालयमा वर्षौदेखि खाली अस्थाय दरवन्दीमा कार्यरत शिक्षिका रेखा कर्ण शिक्षक सेवा आयोगले लिएको अस्थायीको विज्ञापनबाट स्थाय भएका छन । राहत कोटामा ३ जना शिक्षक कार्यरत रहेको छ भने नि.मा.वि. तहमा शिक्षक शुन्यताको अवस्था छ । जम्मा ४ जना शिक्षकले ८ वटा कक्षाकोटामा पढाउनुपर्ने बाध्यता रहेकाले शिक्षकहरुले बहुकक्षा शिक्षण गर्दै आएको विद्यालयको प्रध्यानाध्यापक सुनिता यादव बताउँछिन । उनले भनिन् प्राथमिक तहको शिक्षण माथिल्लो कक्षा शिक्षण गरि रहँदा तल्लो कक्षाकोठाको शिक्षण सिकाई प्रभावित हुदै आएको छ । शिक्षक अभावले गर्दा विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिन नसकेका बताउँदै उनले विद्यालयको आफनो आन्तरिक आम्दानीको स्रोत समेत नभएकाले गर्दा निजी स्रोतमा शिक्षक राख्न सकेको छैनन् । शिक्षकको लागि तत्कालिन जिल्ला शिक्षा कार्यालय र हाल प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, लक्ष्मीनियाँ गाउँपालिका र वाडा कार्यालयमा पटक पटक जानकारी गराइए पनि शिक्षक ल्याउन नसकेकाले गर्दा पढाई लेखाई प्रभावित हुदै आएको बताएका छन ।
शिक्षक समायोजन कार्यदलको अनुसार लक्ष्मीनियाँ गाउँपालिकामा प्राथमिक तहमाम ३५ स्थाय दरवन्दी, २७ राहत कोटा गरि ५२ जना शिक्षक रहेका छन । कार्यदलका अनुसार ७२ शिक्षक आवश्यक देखिएको लक्ष्मीनियाँ गाउँपालिकामा प्राथमिक तहमा १० शिक्षक, निम्न माध्यमिक तहमा ३२ शिक्षक र माध्यमिक तहमा १८ जना शिक्षक आवश्यक देखिएको छ ।
धनुषाको नगराइन नगरपालिका वाडा नं.७ देवहिहास्थित श्री निम्न माध्यमिक विद्यालय रहेको छ । यस विद्यालयमा प्राथमिक तहमा ५ जना स्थाय दरवन्दी र १ जना राहत शिक्षक छन । नि.मा.वि. तहमा शिक्षक दरवन्दी नभएकाले गर्दा बालविकास कोटामा कार्यरत ३ जना सहजकर्ताहरुलाई माथिल्लो कक्षामा पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रध्यानाध्यापक प्रेमलाल पासमानले बताए । कक्षा ६ देखि ८ सम्म १ सय ६८ विद्यार्थी गरि जम्मा ४ सय ८३ विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा झारो टार्ने गरि २०७६ असारदेखि २ महिनाको लागि विज्ञान विषयको शिक्षक मासिक ५ हजार दिने गरि नियुक्त गरिएको छ । दुई वर्षअघि टिच फर नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा ५ वर्ष पढाएर अध्ययनका लागि बाहिर गएका शिक्षक मुकेश साह २ महिनाको लागि छुटटीमा घर आएकाले विद्यालयको आग्रह उनले विज्ञान विषय पढाउन थालेका छन ।
विद्यालयमा प्राथमिक तहका शिक्षकहरु समेत पुराना भएकाले गर्दा माथिल्लो तहमा कक्षा लिने अवस्था नभएकाले गर्दा माथिल्लो कक्षा प्रभावित हुदै आएको प्रध्यानाध्यापक पासमानको भनाई रहेको छ । आफुहरुले वाडा अध्यक्षलगायत अभिभावकहरुको भेला गरि नगरपालिकाले शिक्षक नदिएको खण्डमा कक्षा ६ देखि ८ सम्मको कक्षा नचालउने निर्णय गरि सकेको उनले बताएका छन । अहिले जसोतसो विद्यार्थीहरुलाई बन्द कोठामा घेरेर भएपनि राखेका छौं तर दाताहरुको सहयोगमा राखिएको शिक्षकहरु समेत हटने भएपछि विद्यालयले निजी स्रोतमा शिक्षक राख्न सक्दैन । माथिल्लो कक्षा बन्द गर्नुवाहेकको विकल्प नभएको उनले बताएका छन ।
शिक्षक समायोजन कार्यदलको अनुसार नगराइन नगरपालिकामा प्राथमिक तहमा १२ शिक्षक, नि.मा.वि. तहमा २७ जना र माध्यमिक तहमा ४ जना शिक्षक आवश्यक देखिएको छ । नगरपालिकाका प्रमुख मेयर परमेश्वर यादवले विद्यालयमा शिक्षकहरु निकै आवश्यक देखिएको छ, नगरपालिकाले शिक्षक नियुक्ती गर्ने प्रावधान नभएपनि केही विद्यालयलाई एकमुष्ट रकम अनुदान दिएर निजी स्रोतमा शिक्षक नियुक्ती गरिएको बताएका छन । विस्तारै आवश्यक पर्ने सवै विद्यालयमा शिक्षक परिपूर्ति गर्न शिक्षा विकास समन्वय इकाइमा सहजीकरण गर्ने उनको भनाई रहेको छ ।
शिक्षक दरवन्दी नभएर धनुषाधाम नगरपालिका वाडा नं.३ गोइयाहीको जनता आधारभुत विद्यालयमा बालविकासका २ जना शिक्षक र कार्यालय सहयोगीले कक्षा ५ सम्म पढाउँदै आएको छ ।
यता, जनकपुरधाम उपमहानगरपालिका वाडा नं. ४ गंगासागर र धनुषसागरको विच डिलमा राजर्षि जनक राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकले भरिभराउ रहेको छ । कक्षा ५ सम्म पढाइ हुदै आएको यस विद्यालयमा १ सय ६ जना विद्यार्थी भर्ना भएको देखिन्छ भने शिक्षकको संख्या १३ जना रहेको छ । विद्यालयमा मुस्किलले दैनिक उपस्थिती २० देखि ३० जना रहने गरेको छ । शैक्षिक सत्र २०७६ को भर्ना अभियानको क्रममा २१ जना विद्यार्थी थपिए पनि उनीहरू विद्यालय भने आएको छैन । ’विद्यालयको तथ्यांकअनुसार विद्यालयमा भर्ना भएको १ सय ६ जना विद्यार्थीमध्ये ९२ जना बालबालिका दलित समुदायका छन्। विद्यालयमा ८ जना स्थायी, ४ जना राहत, १ जना बालविकास र एक कार्यालय सहायक गरी १४ जना कार्यरत छन् ।

सम्बन्धित समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप
समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

२०७९/१०/१६
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार
समाचार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

२०७९/१०/१६
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

10 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

10 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In