
०७६ पुस २७ गते
प्रदेश २ मा माघ १ गते सार्वजनिक बिदा हुने भएको छ। माघे संक्रान्तिका दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
माघ १ गते प्रदेश २ का सबै सरकारी कार्यालय, संघ/संस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय भएको प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा जानकारी दिइएको छ।
मन्त्रालयका उपसचिव टीकामणि न्यौपानेको हस्ताक्षरमा जारी सूचनाअनुसार पुस २४ को प्रदेश मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।