
०७६ पुस २७ गते ।
शहिदनगर नगरपालिकाका शिक्षा समितीले माध्यमिक निम्नमाध्यमिक र प्राथमिक तहस्तरिय विद्यालयस्तरिय कार्यक्रम गरेको छ । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरीयाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरका शिक्षा अधिकृत धिरेन्द्र लाल कर्ण र शिक्षा समिती तथा शहिदनगर नगरपालिकाका सम्पुर्ण शिक्षक तथा शिक्षिकाहरुको सहभागितामा अतिरिक्त क्रियाकलापअन्र्तगत नगरका विद्यालयस्तरिय चेतनामुलक कार्यक्रम गरेको छ ।
विद्यालय स्तरिय आयोजित कार्यक्रममा , वादविवाद प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता ,खेलकुद प्रतियोगिता कविता र निवन्ध जस्ता प्रतियोगिता हरेक शुक्रवार शहिदनगर नगरपालिकाका आधारभुत विधालय निम्न माध्मिक विधालय तथा माध्यमिक विधालय स्तरका समेत सहभागि गराउदै आईरहेका छन् । शहिदनगर नगरपालिका वडा नं.३ अन्तर्गत राष्ट्रिय निम्न माध्यमिक विधालयमा नृत्य प्रतियोगिता सम्पन्न गरीएको छ ।

नगर शिक्षा समितीले आयोजना गरेको कार्यक्रममा मा वि तर्फ धबौली प्रथम, मा वि यदुकुहा द्वितीय, मा वि महुलिया तृतीय भएको छ । आधारभुत तर्फ आ वि कुम्भकरण प्रथम , आ वि यदुकुहा गोठ्कुहा द्वितीय , मा वि यदुकुहा तृतीय , प्रा वि तर्फ आ वि हरवारा प्रथम ,आ वि कुम्भकरण द्वितीय , प्रा वि बेमर्खी तृतीय भएका छन् । विजेताहरु विद्यालयका विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र शहिदनगरनगरपालिकाका मेयर उदय कुमार बरवरियाले सम्मान गरेका छन् ।