
पुस २९, २०७६
जीवको वृद्धि–विकासका लागि यौनजीवन अनिवार्य सर्तजस्तै हो । यौन सन्तान उत्पादन वा वंशविस्तारको मात्र होइन, उन्नति, प्रगति र प्रेरणाको स्रोत पनि हो । यौन ऊर्जाको स्रोत हो भन्ने तथ्य अनुसन्धाताले प्रमाणित गरिसकेका छन् । यस्तै एक तथ्य यहाँ प्रस्तुत गरिएको छ । हालसालैको एक अध्ययनअनुसार पुरुष र महिलालाई यौनसम्पर्कका उत्तम समय अलग–अलग हुने देखिएको छ ।
यौनबारे अध्ययन गरिरहेका बेलायती चिकित्सकले आफ्नो प्रतिवेदनमा लेखेका छन्– यौनसम्पर्क गर्न पुरुषका लागि सबैभन्दा अनुकूल समय बिहान हो ।
पुरुषका लागि बिहान ७ बजेर ५४ मिनेटमा यौनसम्पर्क गर्नु सबैभन्दा उपयुक्त रहेको अध्ययनले देखाएको हो ।
तर, महिलाका लागि यौनसम्पर्कको उपयुक्त समय बिहान होइन । ‘महिलाका लागि यौनसम्पर्कको सर्वोपयुक्त समय रातको ११ बजेर २१ मिनेट हो,’ प्रतिवेदनमा भनिएको छ ।
धेरैजसो महिला साँझको समयमा यौनसम्पर्क गर्दा खुसी र सन्तुष्ट हुन्छन् । महिलाले रातमा पनि यौन आनन्द लिन रुचि राख्छन् ।
‘महिलाहरू साँझ वा रातको समयमा यौनसम्पर्क गरेपछि बिहान उल्लास लिएर उठ्छन्, यो प्राकृतिक नियम नै हो,’ अध्ययनले भनेको छ ।
तर, पुरुषको हकमा अध्ययनले अलि फरक तथ्य देखाएको छ । ‘यो एउटा नियमजस्तै हो कि पुरुषका लागि यौनसम्पर्कको सबैभन्दा सर्वोत्तम समय दिनभरका लागि काममा निस्किनुभन्दा पहिले बिहानको समय हो,’ अध्ययनले भनेको छ ।
महिलाहरू काम सकेर ओछ्यानमा पुगेपछि यौनका लागि तयार रहने अध्ययनकर्ता क्यारोलिना बताउँछिन् । ‘महिला ओछ्यानमा पुगेपछि नाइट बर्ड साबित हुन्छन्,’ उनले भनेकी छिन्, ‘पुरुषलाई बिहानको समयमा यौन चाहना बढी हुन्छ ।’
महिलालाई राति ११ बजेदेखि २ बजेसम्म यौन चाहना बढी हुन्छ भने पुरुषको यौन चाहना बिहान ५ देखि ९ बजेसम्म उत्कर्षमा हुन्छ ।